Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका टिका प्रसाईको ‘माया लुकी–लुकी’ सार्वजनिक (भिडियोसहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २७ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपालको चर्चित डान्स गु्रप ‘कार्टुन्ज क्रु’को टिमले फिचरिङ गरेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका टिका प्रसाईको नयाँ गीत ‘माया लुकी–लुकी’मा क्रृको टिमले फिचरिङ गरेका हुन् ।

प्रसाईको स्वरमा रहेको यो गीतमा आस्माले पहिलो पल्ट लिड डान्स गरेकी छिन् । भिडियोमा टम बोइ खालको केटीको रोमान्टिक फिलिङ देखाउन खोजिएको छ । भने कान्टुर्न क्रृका साथ नयाँ सदस्य सजना प्रदान पनि थपिएकी छिन् ।

कृका क्याप्टेन सरोज अधिकारीको निर्देशनमा तयार भएको भिडियोमा आश्मा, सुबिन, सरोजकै कोरियोग्राफी रहेको छ । भने भिडियोको सम्पादन प्रविन श्रेष्ठले गरेका हुन ।

भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी विकास राई र साजन चौहानले फिचरिङ गरेका छन् । चौहान कार्टुन क्रृका नयाँ सदस्य हुन् ।

‘तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम’ ‘सेल्फिको जमाना’ जस्ता थुप्रै हिट गीतहरु गाइसकेकी प्रसाईको यस गीतमा आनन्द अधिकारीको शब्, आशिष अविरलको संगीत र संगीत संयोजनमा रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan