Monday 18th of June | २०७५ असार ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली चलचित्रमा सबैभन्दा महङ्गी नायिका सभ्यता गिरीको ईन्ट्री

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २८ सोमबार | महेन्द्र प्रसाद पोखरेल (एम. पि)
newsabhiyan
newsabhiyan

काठमाण्डौ- एस के एन सिनेमा प्रा लिको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र यो मायाँ कस्तो मायाँमा हिन्दी सिरिएलमा काम गरिरहेकी  सभ्यता गिरीले नायिकाको रुपमा अभिनय गरेकी छन।

सभ्यतालाई नेपाली चलचित्रमा ल्याएका हुन किसान पोखरेलले ।
नेपाली चलचित्र जगतमा आगो जस्ता हिट फिल्म दिएका पोखरेलले दिबस धिताललाई पनि यसै फिल्मबाट ठुलो पर्दामा ल्याएका छन।


कार्यकारी निर्माता कर्ण थापा किरण बाबु गौतम ,निर्माता ईन्द्र रजक र सम्बृद्दी श्रेष्ठ रहेकी छन ।
सह निर्माता बिशाल गुरुङर कमल चन्द्र पोखरेल रहेका छन ।
नेपाली सँगीत फाँटका चर्चित नामक अर्जुन पोख्रेलले सँगित दिएका छन भने गित डा कृष्णहरी बराल,अर्जुन पोखरेल,अम्बिका शर्माको रहेको छ ।


छिट्टै प्रर्दशन मिति तोकिन लागेको उक्त चलचित्रमा पारिबारीक तथा प्रमिल दृश्यहरु रहेका छन ।प्रेमको हज्जार लाख रुपहरुलाई अहिले सम्म कसैले परिभाषित गर्न त सकेको छैन तर समग्रमा चलचित्रमा कलेजमा हुने प्रेमलाई जिबन्त रुप दिएर बनाईएको छ।


दार्जलिङ,माने भञ्ज्याङ,काठमाण्डौ,दोलखा र सैलुङ जस्ता मनोरम स्थानमा छायाँकन भएको चलचित्र एक उतकृष्ठ चलचित्र बनेको निर्माता पोखरेलको दाबी रहेको छ।


अञ्जु पन्त,फिरोज बस्नेत,अर्जुन पोख्रेल अम्बिका शर्मा लगाएत नेपाली साँगितीक हश्तीहरुको स्वरले चलचित्र सँगीतमय बनेको निर्माण पक्षको ठहर रहेको छ।


मुख्य सहायक निर्देशक पटकथा सँबाद एन्जिला क्षेत्रीको रहेको उक्त चलचित्रमा नृत्य निर्देशक कबिराज गतराज,रामजी लामिछाने,बिक्रम लामा र एन्जिला खत्रीको रहेको छ।


छायाँकनमा दिब्य सुबेदीर द्वन्दमा शँकर महर्जन रहेका छन।
दिबस धिताल ,सभ्यता गिरी,रितु पौडेल,युबराज केशरी लगाएतका कलाकारहरुको अभिनय रहेकोचलचित्र यो मायाँ कस्तो मायाँमा मुख्य आकर्षण सभ्यता गिरी रहेकी छन।


नेपाली चलचित्रमा सबै भन्दा महङ्गो नायिकाको रुपमा अहिले सभ्यतालाई लिईएको छ ।
भुषण आन्नद ठकुरीको कथा तथा निर्देशनमा बनेको चलचित्र यो मायाँ कस्तो मायाँको रिलिज डेट भने फिक्स भएको छैन।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan