Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खोप कोल्ड रेफ्रिजेरेटर भ्यान सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २८ सोमबार | सुरेश झा (रासस)
newsabhiyan

विराटनगर, २८ जेठ । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रमा खोपको ढुवानी गुणस्तरीय तथा प्रभावकारी र सुरक्षित बनाउनका लागि नेपाल सरकारद्वारा प्रदेश नं १ का लागि प्रदान गरिएको खोप कोल्ड रेफ्रिजेरेटर भ्यान सञ्चालन कार्य आज यहाँ शुभारम्भ गर्नुभयो ।

स्वास्थ्य सेवा विभागद्वारा प्रदान गरिएको सो भ्यानको साँचो मन्त्री घिमिरेले क्षेत्रीय मेडिकल स्टोर विराटनगरका प्रमुख भरत साहलाई प्रदान गर्नुभयो ।

उक्त स्टोरबाट विगत समयदेखि रेफ्रिजेरेटर भ्यानको अभावमा कोल्ड बक्सहरुमा खोप ढुवानी हुँदै आएको थियो ।

गुणस्तरीय प्रविधिअन्तर्गत उक्त रेफ्रिजेरेटर भ्यानको शुरुवात भएको स्टोरका कार्यालय प्रमुख साहले जानकारी दिनुभयो ।

पूञ्र्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाद्वारा एफआइपिभी खोपको शुरुवात तथा पिसिभी खोपको भायल परिवर्तनसम्बन्धी तीनदिने क्षेत्रीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीको आज समापन अवसरमा खोप कोल्ड चेन व्यवस्थापन तथा ढुवानीका लागि रेफ्रिजेरेटर भ्यान ल्याइएको हो ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार नेपालमा २२ प्रतिशत बालबालिका खोपबाट वञ्चित छन् ।

विश्वमा ४४ किसिमका खोप भए पनि नेपालमा हालसम्म ११ किसिमको खोप दिने गरेको बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो ।

नेपालमा खोपको अवस्था, महत्व, खोपको असर र खोपलाई सुरक्षित बनाउने विषयमा जानकारीसमेत उहाँले गराउनुभयो ।

पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहताले नेपालमा खोपका कारण बिफर उन्मूलन, धनुषटङ्कार, इन्सेफ्लाइटिस रोग नियन्त्रण, दादुरा तथा रुबेलाजस्ता अन्य संक्रमण रोग पनि नियन्त्रणमा आएको जानकारी गराउनुभयो ।

सो अभिमुखीकरण कार्यक्रममा १६ जिल्लाका चिकित्सक, जनस्वास्थ्य प्रमुख, विशेषज्ञ तथा स्वास्थ्यकर्मीको सहभागिता थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan