Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चार एआईजीका लागि दस डीआईजीको प्रतिस्पर्धा, को–को बन्दैछन् एआईजी ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २८ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ जेठ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कायम भएको एआईजीको दरबन्दीमा भारी कटौती गरेको छ । नेपाल प्रहरीका प्राविधिकसहित पाँच र सशस्त्र प्रहरीमा दुई जना एआईजी राख्ने गरी गृह मन्त्रालयले निर्णय गरेको थियो । ने

पाल प्रहरीमा अब प्रशासनतर्फ चार मात्र एआईजी रहनेछन् । यसअघि १५ जनासम्म राखिएको थियो । सरकारको यो निर्णयसँगै प्रहरीमा एआईजी पदले महत्व पाएको छ । यसअघिको सरकारले ११ बटा १५ दरबन्दी बनाउँदा त्यसको महत्व घटेको थियो ।

त्यस्तै, सशस्त्र प्रहरीमा तत्कालका लागि तीन जना र पछि दुई जना राख्ने सहमति भएको छ । सशस्त्र प्रहरीमा हाल आठ एआईजी छन् । दरबन्दी संख्या तय भएसँगै नेपाल प्रहरीमा बढुवाको तयारी सुरु भएको छ । कति जना एआईजी राख्ने भन्ने निर्णय नभएका कारण नेपाल प्रहरीका एआईजीहरुको पदहरु रिक्त छन् ।

प्रशासनतर्फ चार मात्र एआईजी रहने भएकाले बढुवामा डीआईजीहरुबीच तीब्र प्रतिस्पर्धा चलिरहेको छ । चार पदमा १० जना डीआईजी प्रतिस्पर्धामा छन् ।

आईजीपीका प्रतिस्पर्धी समेत रहका पुष्कर कार्की, उत्तम कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज नेउपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धिरु बस्नेत, सुरेशविक्रम शाहलगायत डीआईजीहरु एआईजी बन्ने प्रतिस्पर्धामा छन् ।

उनीहरुमध्ये उत्तम कार्की, छविलाल जोशी, पवन खरेल र शरद चन्दले ३० वर्षे सेवा हदका कारण आगामी असार ३० गतेदेखि अनिवार्य अवकाश पाउने छन् । सरकारले दरबन्दी चार मात्रै बनाएका कारण उनीहरु एआईजी हुने सम्भावना घटेर गएको छ ।

एआईजीको बढुवा प्रक्रिया सम्पन्न हुन कम्तीमा असारको दोस्रो साता लाग्छ । त्यसकारण उनीहरुलाई दुई साताका लागि एआईजीमा बढुवा गर्ने कि नगर्ने भन्ने विषय अन्योलमै रहेकाले सरकारले उनीहरुलाई डीआईजीबाटै घर पठाउने संकेत गरिसकेको छ ।

बढुवा गर्दा अरु छुट्न र राज्यलाई पनि भार पर्ने अवस्था छ भने बढुवा नगर्दा उनीहरुमाथि अन्याय हुने अवस्था देखिए पनि उत्तम, पवन, छविलाल तथा शरदको विगत पनि सन्तोषजनक नदेखिएकाले उनीहरुको बढुवामा ब्रेक लाग्ने सम्भावना बढेको हो ।

चारमध्ये पुष्कर कार्की, ठूले राई, धिरु बस्नेत, सुरेशविक्रम शाह लगभग निश्चित जस्तै भए पनि मनोज न्यौपानेले पूर्वमाओवादी समूहसँग निकट सम्बन्ध राखेका कारण उनलाई एआईजीमा बढुवा गर्ने सम्भावना पनि छ । उता, सशस्त्र प्रहरीमा भने एआईजीको पदस्थापनमै समस्या छ ।

हाल आठ जना एआईजी छन् । अब तीन वटा मात्र विभागमा एआईजी राख्ने भएपछि अरुलाई के गर्ने भन्ने अन्योल थपिएको छ । सरकारले गत माघ १७ गते जानकी भट्टराई, निराक्रम विक्रम शाह, सुबोध अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआईजी बढुवा गरेको थियो ।

बढुवा भएपछि उनीहरुलाई कुनै जिम्मेवारी दिइएको छैन । जिम्मेवारीविहीन भएका उनीहरुलाई प्रधान कार्यालयमा हाजिर गराएर राखिएकोा छ । दरबन्दी भन्दा एआईजीहरु धेरै भएपछि राज्यलाई पनि आर्थिक भार बढेको छ ।

पाँच फाजिल एआईजीबाट राज्यलाई मासिक १५ लाखभन्दा बढी आर्थिक भार पर्ने गरेको समाचार स्रोतले बताएको  । एउटा एआईजीको दरबन्दी थप गर्दा मासिक तीन लाखसम्म आर्थिक भार बढ्ने गर्छ । एआईजी थपसँगै डीआईजी, एसएसपी, एसपीलगायतका पद बढ्ने भएकाले आर्थिक भार बढ्ने गरेको हो ।

त्यसैगरी गाडी, कार्यालय सहयोगी, आवासलगायतका खर्च गरेर एक एआईजी बराबर तीन लाख खर्च बढ्ने बताइन्छ । यसरी थप गरिएको पाँच एआईजीबाट मासिक १५ लाख आर्थिक भार पर्दै आएको छ ।

डीआईजी सरुवामा झेल
सुरुमा नेपाल प्रहरीका डीआईजी केदार रिजाललाई मेट्रोमा पक्का गरिएको थियो । त्यसमा आईजीपी सर्वेन्द्र खनाल पनि सहमत थिए । १ नम्बर प्रदेशमा पिताम्बर अधिकारीको पक्का भइसकेको थियो ।

त्यसपछि डीआईजी केदार रिजालले झट्का दिए १ नम्बरमा र पिताम्बर पुगे विशेष ब्यूरोमा । मनोज न्यौपाने पूर्वमाओवादीको कोटामा मेट्रोमा सरुवा भइछाडे, तरुणमा उल्लेख छ ।

यसरी डीआईजी सरुवामा आईजीपी सर्वेन्द्र खनाललाई गृह मन्त्रालयले कमजोर बनाइदिएको चर्चा प्रहरी प्रधान कार्यालयमा फैलिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan