Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी लाईसेन्स कार्यालय पोखराको ब्रह्मलुट, यसरी ठगियो सेवाग्राहीलाई ! (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २८ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ जेठ । यातायात व्यवस्था कार्यलय सवारी चालक अनुमतीपत्र गण्डकीको कार्यालयमा चरम  लापरवाही भएको समाचार छ । सेवाग्राही हैरानमा छन् ।

सिस्टम चल्दैन, कर्मचारी मस्तीमा छन् भने कार्यालय भित्रका व्यवसायीहरुको ब्रह्मलुट छ । रु १० को टिकटलाई १५ देखि ५० सम्म बेच्छन् । पोखराको पार्दीमा यस्को कार्यालय छ, जहाँ देख्न पाईन्छ कर्मचारी देखि व्यपारीसम्मका कर्तुतहरु ।

केही दिन अघि मात्र प्रदेश सरकारले समृद्ध प्रदेशको अवधारणामा नीति तथा कार्यक्रम प्रस्तुत गर्यो तर त्यो नीति तथा कार्यक्रम मात्र होईन देशकै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै आउनु भएको भष्ट्रचार मुक्त देशको समेत खिल्ली उडाईएको छ यातायात कार्यालय लाईसेन्स बिभागमा ।

दैनिक हुने ट्राफिक चेकिङले लाईसेन्स नहुनेहरुका लागि निद्रा हराम बनाएको छ नै हुनेहरुको नविकरणले पनि उत्तिकै टाउको दुखाईको बिषय बनेको छ ।

लाईसेन्सको लागि यो कार्यालयमा दिनहुँ एक हजार भन्दा बढी मानिसहरु आउँछन् तर बिडम्बना काम भने दुईसय जनाको जत्ति पनि हुँदैन । बिभागमा यसरी ठगियो सेवाग्राहीलाई । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan