Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गाउँपालिकामा खुल्लमखुल्ला भ्रष्टाचार, करारका कर्मचारीले कमिशन लिई रकम स्वाट् स्वाट् !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २८ सोमबार |
newsabhiyan
newsabhiyan

बारा, २८ जेठ । बारा जिल्लाको दक्षिणी भेगमा रहेको सुवर्ण गाउँपालिकामा कर्मचारीहरुको मिलेमतोमा ब्यापक भ्रष्टाचार भईरहेको समाचार छ ।

स्रोतका अनुुसार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र सामाजिक बिकास शाखाका कर्मचारीको मिलेमतोमा मोटो रकम कमिशनको भरमा बाडिएको आरोप छ ।


गाउँपालिकाले आह्वान गरेको लक्षित वर्गतर्फको करिब ४१ लाख रुपयाँको बजेट मापदण्ड नपुगेको गैरसरकारी संस्थाहरुलाई बितरण गरिएपछि सो रहस्य खुलेको हो ।


सामाजिक बिकास शाखाका कर्मचारी संजिव यादवले एनजिओहरुसँग २० देखि ५० प्रतिशत कमिशन लिएर संस्था छनौट गरेको एक जना एनजिओवालाले आरोप लगाए । यस कार्यमा निमित्त प्रसाशकीय अधिकृत सुन्दर निरौलाको समेत अप्रत्यक्ष संलग्नता रहेको उनले आरोप लगाए ।


गाउँपालिकाको सुचनामा कम्तिमा पनि ३ वर्ष काम गरेको संस्थालाई नै कार्यक्रम दिने भनिएता पनि ६ महिना पहिला दर्ता भएको संस्थालाई कार्यक्रम दिईएको उनको आरोप छ । कमिशनको खेललाई लुकाउन संस्था छनौट भएको जानकारी समेत कसैलाई नदिईएको उनले बताए ।


यता संस्था छनौट गर्दा समितिले गर्ने भन्दै यसमा आफ्नो कुनै संलग्नता नरहेको अधिकत निरौलाले बताए । यादव संग भने सम्पर्क हुन सकेन ।
यसरी मापदण्ड पुगेका संस्थालाई पाखा लगाई कमिशन लिएर संस्था छनौट गरेको बिरोधमा केहि संस्थाहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने तयारी गरिरहेको सुचना प्राप्त भएको छ ।


यसैबिच सुवर्ण गाउँपालिकामा भएको अदृष्य भ्रष्टाचारको चौतर्फी बिरोध हुन थालेको छ । नेपाल बिद्यार्थी संघका सहमहामन्त्री राजेश रौनियारले गाउँपालिकाले आफनो निर्णय नसच्याए आफुहरुले त्यसको बिरोध गर्ने बताए । आषाढ मसान्तका कार्यकाल सकिने खरदार सरहका करार कर्मचारी संजिव यादवले निमित्त प्रसासकीय अधिकृत सुन्दर निरौलाको मिलेमतोमा गरीरहेको भ्रष्टाचार आफुहरुलाई सह्य नहुने रौनियारले बताए ।


गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवले भने संस्था छनौट गर्दा बदमासी भएको स्विकारेका छन् । कर्मचारीहरुले आफुलाई नटेरोको समेत उनले बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan