Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नगरपालिका प्रमुखको तलब मासिक रु ३५ हजार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २८ सोमबार | (रासस)
newsabhiyan

बुटवल, २८ जेठ  । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु्भएको छ ।

प्रदेशसभाको जेठ १६ गते बसेको बैठकले विधेयक पारित गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव सनतकुमार दवाडीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएपछि अब स्थानीय तहका जनप्रतिनिधिलाई दिइने सेवा सुविधाको टुङ्गो लागेको छ ।


प्रदेशसभा बैठकले पारित गरेअनुसार प्रदेश ५ का स्थानीय तहका जनप्रतिनिधिमध्ये जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलबभत्ता रु ४१ हजार, उपप्रमुखको रु ३६ हजार र सदस्यको रु १६ हजार, उपमहानगरपालिका प्रमुखको रु ४० हजार, उपप्रमुखको रु ३५ हजार, वडाध्यक्षको रु २६ हजार, कार्यपालिका सदस्यको रु १५ हजार र वडा सदस्यको रु नौ हजार हुनेछ ।

त्यस्तै नगरपालिका प्रमुखको मासिक रु ३५ हजार, उपप्रमुखको रु ३० हजार, वडाध्यक्षको रु २५ हजार, कार्यपालिका सदस्यको रु १३ हजार, सदस्यको रु आठ हजार र गाउँपालिकाका अध्यक्षको मासिक रु ३० हजार, उपाध्यक्षको रु २७ हजार, वडाध्यक्षको रु २० हजार, कार्यपालिका सदस्यको रु १२ हजार र सदस्यको रु सात हजार हुनेछ । यसबाहेक मासिक तलबभत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ता पनि उनीहरुले पाउने छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan