Sunday 19th of August | २०७५ भदौ ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘पानि तालैमा’ बोलको गीतको भिडियो सार्बजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २८ सोमबार | उद्धव तमाङ
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं ।   “पानि तालैमा” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

पछिल्लो समयका चर्चित युवा गायक रेवत राई र गायिका लाक्पा शेर्पा लामाको युगल स्वरमा रहेको “पानि तालैमा” बोलको गीतको भिडियो  सार्बजनिक गरिएको हो । यस गीतमा बसन्त सापकोटाको शब्द र संगीत रहेको छ ।

राजधानीमा सोमबार आयोजित एक कार्यक्रम माझ उक्त गीतको भिडियोको प्रीमियर गरी सार्वजनिक गरिएको हो । उक्त कार्यक्रम म्युजिक हाइलाईट प्रा.लि. ले आयोजना गरेको हो ।

कार्यक्रममा गीतकार तथा संगीतकार बसन्त सापकोटा, सहदेब कोइराला, निर्देशक नेत्र किराती,  मोडल सजिना लामा लगायत अन्य  गायक गायिका  लगायत संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । त्यसै गरि मोडल तथा नायक पुष्प खड्का भने कार्य बेस्ताथाले गर्दा कार्यक्रममा उपस्थित थिएनन् । 

 मेघा स्टार गायक राजेश पायल राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गित तथा भिडियो सँग सम्बन्धित कलाकार एवं ब्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

यसै गरि चर्चित गायक राजेश पायल,  गीतकार तथा संगीतकार बसन्त सापकोटा, निर्देशक नेत्र किराती, कम्पनीका शेर  बहादुर थापा मगरले  आफ्नो मन्तब्य राख्नु भएको थियो । 

म्युजिक हाईलाइट्स प्रा.ली.को पोस्ट प्रोडक्सन  रहेको उक्त गीतको भिडियोलाई नेत्र किरातीले निर्देशन गरेका छन्  । भने भिडियोमा मोडल तथा नायक  पुष्प खड्का र नव मोडल सजीना तामांगको अभिनय रहेको छ ।

 यस गीतको भिडियोलाई ओम प्रसाईको छायांकन र सम्पादन   रहेको छ । प्रसाई पछिल्ला समयका चर्चित र ब्यस्त भिडियो सम्पादक/एडिटर/ड्रोन अपरेटर हुन् । कार्यक्रमलाई संचालिका अनिता पुराकोटिले संचालन गरेकी थिईन्  ।

हेर्नुहोस् भिडियो :-


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan