Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

असारको दोस्रो साता दुुई वटा संस्थाको झण्डै ४४ करोडको हकप्रद

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २९ मंगलबार |
newsabhiyan
newsabhiyan

   
काठमाडौं, जेठ २९ । दुुई वटा संस्थाले असारको दोस्रो साता झण्डै ४४ करोड रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएकाछन । आरएसडिसी लघुबित्त संस्था र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशन गर्न लागेका हुुन ।


आरएसडिसीले २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको हकपद्र सेयर निष्काशन गर्ने भएको छ । संस्थाले पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ मध्येबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी २१ लाख ५९ हजार सात सय कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेके हो ।

बिक्री प्रर्वन्धक एनआईबिएल एस क्यापिटल मार्फत आगामी असार १७ गतेबाट खुल्ला हुुने हकप्रद सेयरको बिक्री कार्य आगामी साउन २० गतेसम्म जारी रहने छ ।

अधिकृत पुंजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ रहेको संस्थाको जारी पुंजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्री पश्चात भने संस्थाको चुक्ता पुंजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुुग्ने छ ।


यसैगरी सिद्धार्थ इन्स्योरेन्सले भने २२ करोड ४४ लाख ९७ हजार पाँच सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनील पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजी मध्येबाट १० बराबर तीन दसमलव पाँचको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी २२ लाख ४४ हजार नौ सय ७३ दसमलव ५० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।


बिक्री प्रर्वन्धक एनएमबी क्यापिटल मार्फत आगामी असार १७ गतेबाट खुल्ला हुुने हकप्रद सेयरको बिक्री कार्य आगामी साउन २० गतेसम्म कायम रहने छ ।

अधिकृत पुंजी एक अर्ब तथा जारी पुंजी ८६ करोड ५९ लाख १८ हजार तीन सय ५० रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्री पश्चात चुक्ता पुंजी ८६ करोड ५९ लाख १८ हजार तीन सय ५० रुपैयाँ पुुग्ने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan