Sunday 19th of August | २०७५ भदौ ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखराको फुुलवारी रिर्सोटमा नेपाल बैंकको फसेको ७५ करोड रुपैयाँ कर्जा अझै उठेन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २९ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ जेठ  । पोखराको फुलवारी रिर्सोटमा फसेको नेपाल बैंकको करोडौं रुपैयाँ कर्जा अझै उठेको छैन् । बैक श्रोतका अनुसार रिर्र्साेटबाट बैंकले सावाँ, व्याज, हर्जाना समेत गरी झण्डै ७५ करोड रुपैयाँ उठाउन बाँकी रहेको छ ।


तर बैंकका प्रमुुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले अहिलेसम्म पनि उक्त कर्जा उठाउन ठोसरुपमा पहल गरेका छैनन् । कर्जा असुली प्रकृया सकारात्मक रुपमा अगाडि बढेको हल्ला फैलाए पनि हालसम्म पनि उक्त कर्जा उठ्न नसक्नुुले बैंकको बित्तीय स्थिती समेत खस्किएको छ ।

वषौे पहिले भएको उक्त लगानीको व्याज तथा समयानुकुल रुपमा बढेको मूल्यांकनको लेखाजोखा भएको छैन । सोही कारण पनि बैंकले कर्जा प्रवाह गरेवापत पाउनुु पर्ने रकम बढेर गएको छ । तर अहिलेसम्म पनि असुलीको प्रकृया सुरु नहुुंदा बैंकको बित्तीय अवस्था झन खस्किन सक्ने देखिएको छ ।


बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ५६ करोड ७७ लाख २६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा दुुई अर्ब ५१ करोड ५८ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।


हाल चुक्ता पुंजी आठ अर्ब चार करोड २६ लाख ६१ हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ९० अर्ब ८१ करोड ३२ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ७० करोड ५९ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

घरजग्गा क्षेत्रमा तीन अर्ब ६० करोड ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा चार अर्ब ५९ करोड २४ लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

प्रोभिजन रकम २६ करोड ३६ लाख नौ हजार रुपैयाँ रहेको बैकको राईट व्याक रकम ३१ करोड ८९ लाख ८५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दसमलव ९१ प्रतिसत रहेको छ ।


गत आवको सोही अवधिमा भने बैंकले ८३ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब २० करोड ९४ लाख ३६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा चार अर्ब सात करोड ३४ लाख २६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई दसमलव ८५ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan