Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ईन्टरनेशनल फाईनान्स कर्पोरेशन (विश्व बैंक) र निर्धन उत्थान बैंक बीच संझौता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २९ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, जेठ २९ । निर्धन उत्थान बैंक र ईन्टरनेशनल फाईनान्स कर्पोरेसन (आईएफसी ) बिच सम्झौता भएको छ । दुुबै संस्थाका प्रमुुखहरुबिच जेठ २८ गत कर्जाको लागि संझौता भएको हो ।


सम्झौतामा निर्धन उत्थानका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र आईएफसीका तर्फबाट नेपालका लागि रेसिडेन्ट प्रतिनिधि मोहम्मद रेहन रसिद बीच हस्ताक्षर भएको हो ।

यो संझौता नेपाल राष्ट्र बैंकबाट  अनुमोदन भएपश्चात आईएफसीले निर्धन उत्थान बैंक लिमिटेडलाई एक अर्ब रुपैयाँ कर्जा प्रदान गर्ने छ ।


यो निर्धन उत्थान बैंक लिमिटेड देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र देशको सबै जिल्लामा पुगेको राष्ट्रिय स्तरको लघुवित्त संस्था हो ।

यस बैंकले ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै आई रहेको छ ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ ।

यस बैंकले देशको दुर्गम जिल्लाहरुको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथसाथै आफना ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गर्दै आई रहेको छ । तालिम लिएका आफना ग्राहक सदस्यहरुको आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।


बैंकले देशको ७ वटै प्रदेशका देशको ७७ वटा जिल्लाहरुमा बैंकले १७९ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको विशाल संजाल बनाएको छ ।

यसै संञ्जाल मार्फत बैंकले २०७५ बैशाख मसान्तसम्ममा ३ लाख ११ हजार ६९ घरपरिवारहरुमा सेवा पु¥याई रहेको छ, बैंकले २०७५ बैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १५ अरब ९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ९८ करोड बचत परिचालन गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan