Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्सेमा झिनो अंकले गिरावट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २९ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, जेठ २९ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्सेमा झिनो अंकले गिरावट आएको छ । नेप्से आज एक दसमलव ९३ अंकले घटेर १२ सय ३९ दसमलव २६ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ६४ अंकले घटेर दुुई सय ६० दसमलव ४७ अंकमा पुुगेको छ ।

आज एक सय ६० कम्पनीहरुको चार हजार ११ वटा कारोवारमा नौ लाख ४७ हजार तीन सय ९३ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम २९ करोड ९० लाख ९३ हजार पाँच सय ७९ रुपैयाँ पुुगेको छ ।


नौ वटा समुहको कारोवार भएकोमा फाईनान्स, उत्पादनुुलक र बीमा समुहको सुचक बढेकोे छ भने अन्य समुहको सुचक स्थिर देखिएको छ । बाँकी रहेका मध्ये बाँणिज्य बैक समुहको सुचक दुई दसमलव नौ अंकले घटेर एक हजार ४८ दसमलव ९० अंकमा पुुगेकोमा १२ करोड दुुई लाख ४२ हजार रुपैयाँको कारोवार भएको छ ।

बिकास बै.क समुहको सुचक भने  शुन्य दसमलव ४७ अंकले घटेर १४ सय ४३ दसमलव ४६ अंकमा कायम रहेकोमा एक करोड एक लाख ८० हजार तीन सय रुपैयाँको कारोवार भएको छ भने लघुुबित्त समुहको सुचकपनि घटेको छ ।


आज बढी कमाउने कम्पनीको सुचीमा उन्नती मार्ईक्रो फाईनान्स परेको छ  भने बढी गुुमाउने कम्पनीको सुचीमा कावेली बिकास बैक परेको छ । रकम कारोवारका आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा परेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan