Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक एंव निर्देशक ओम तामाङ वाईबाको “तामाङले सेलो गीत गाउछ” को म्युजिक भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २९ मंगलबार | सञ्जय तामाङ
newsabhiyan
newsabhiyan

 मेलम्ची, सिन्धुपाल्चोक ।

गायक एंव निर्देशक ओम तामाङ वाईबाको “तामाङले सेलो गीत गाउछ” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सोमबार काठमाडौमा एक कार्यक्रमका बिच गीतको म्युजिक भिडियो युट्युबबाट सार्वजनिक गरिएको हो ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ७ छापमा जन्मनुभएका पछिल्लो समयमा कहिले हाम्रो मेलम्ची त कहिले सोल्टीनी कान्छी गीत बजारमा ल्याएर चर्चामा रहनुभएका ओम युवा पुस्तामा छोटो समयमा नै चर्चा बटुल्न सफल हुनुभएको छ ।

तामाङले दर्जनौ भिडियो निर्देशन गरिसकेका छन । आफुले तामाङ समुदायमा सङ्गितको माध्यमबाट जागरण भाव पैदा गर्न समेत अघी बढीसकेको बताउनु भयो ।

भिडीयोलाई ओम स्वंयले निर्देशन गरेको गीतको शब्द गायक आसमान लोप्चनको रहेको छ । निरोज लामाको सङ्गित, एरेन्ज रहेको छ भने गीत ओम तामाङको आफ्नै आवाज रहेको छ । तामाङको एकल आवाजमा रहेको यो दोस्रो गीत हो ।

तामाङले सेलो गीत गाउछको भिडियोमा प्रितम तामाङ, सुस्मा मोक्तान, राजेन्द्र तामाङ, अस्मी स्याङ्तान र ओम तामाङको जिबन्त अभिनय रहेको छ ।

सुर्य लामाले छायाङ्कन र सम्पादन गरेको भिडियोलाई कृष्ण ब्लोनले कोरियोग्राफी गर्नुभएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan