Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चर्चित ज्योतिष दिपक सुवेदीले 'ज्योतिष विज्ञान'को वारे गरे यस्तो प्रवचन !

ज्योतिष के हो र यसबाट के प्राप्त गर्ने ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २९ मंगलबार | उद्धव तमाङ
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं । ज्योतिष एउटा पूर्ण विज्ञान हो । यस विषयसँग हरकसैले पनि सहयोग खोजिरहेका हुन्छन् ।

सांसारिक जीवन त्याग गरेका सन्यासी किन नहुन, विद्वान, वैज्ञानिक, स्वास्थ्यकर्मी, उद्योगी, व्यापारी लगायत आमसर्वसाधारण सबैले ज्योतिष विज्ञान तथा विद्याबाट अर्थात यस विषयका विज्ञ ज्योतिषीहरुबाट मार्गदर्शन खोजिरहेका हुन्छन् । कुनै पनि धर्म मान्यताको समुदाय किन नहोस् ज्योतिष विज्ञानको सहयोग लिएकै हुन्छन् ।

मान्छे आफ्नो भविष्यप्रति जिज्ञाशु हुन्छ । भविष्यमा के होला भनेर जान्न चाहन्छ । जो कोहीले पनि आफ्नो भविष्य सुनौलो गराउन चाहन्छ, प्रगति उन्नति गर्न चाहेको हुन्छ ।

व्यक्तिगत रुपमा मात्रै नभएर राष्ट्रियरुपमा पनि असल नागरिक आफ्नो समाज र देशको भविष्य कसरी सुनौलो बनाउन सकिन्छ भन्ने विषयमा चिन्तित् हुन्छन् अर्थात आफ्नो देश समाजको भविष्य सुनौलो बनाउन चाहन्छन् ।

ग्रहले नै राज्य दिन्छ, ग्रहले नै राज्य हर्छ पनि । ग्रहनै त्रिलोक चराचरमा सर्वत्र व्याप्त छ । त्यही ग्रहको स्थितिको आधारमा ती ग्रहले ककसलाई के फल दिदै छन् भन्ने विषयमा फलको आँकलन गर्ने अभ्यास, अनुसन्धान, अध्ययन हुन्छ फलित ज्योतिष शास्त्रमा ।

यो देशको भाग्यमा विधाताले धेरै राम्रो साधन स्रोत दिएको छ तर नेताहरुको बुद्धिमा किरा लाग्नाले पराश्रित मानसिकताले प्रस्रय पाइरहेको छ । नेपालको भाग्यमाथि पराईको रजाय चलेको छ ।

पराईले नेपालको सत्ता परिवर्तन गर्ने हैसियत राख्दछ । राज्यसत्ताले देशको भविष्य निर्माण गर्न तिनै पराईलाई पुकार्छ । बिडम्बना त्यहाँ निर छ । बिडम्बना कर्ममा छ भाग्यमा छैन ।

बाँकी तलको भिडियोमा ज्यो. दीपक गुरुले दिनुभएको प्रवचन सुन्नुहोस्/हेर्नुहोस् !

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan