Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका प्रिती आलेको ‘बइना’मा साल्साको फ्युजन (भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ २९ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । स्टाइलिस गायिका प्रिती आलेले ‘बइना’ बोलको लोक शैलीको आधुनिक गीत रिलिज गरेकी छिन् ।

गायिका आलेलाई गायक माधव थापाले स्वरमा साथ दिएका छन् ।

शब्द र संगीत पनि थापकै हुन् । नयाँ बाजाहरूको फ्युजनसहित तयार गरिएको ‘बइना’ले युट्युबमा राम्रो भ्यु पाएको छ ।

म्युजिक भिडियोमा गायिका आले आफैले अभिनय गरेकी छिन् ।

उनको नृत्य पनि साल्सा शैलीमा देख्न सकिन्छ । म्युजिक भिडियोमा निर्देशक मैसम हिमालीले पनि राम्रो कौशल देखाएका छन् ।

म्युजिक भिडियोमा गायिका आलेको साल्सा नृत्य उत्कृष्ट रहेको प्रतिक्रिया युट्युबमा देख्न सकिन्छ ।

गीतका एरेञ्जर कमल सौराग हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan