Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गण्डकी विकास बैंक लिमिटेडको अध्यक्षमा सुशिल गौचन चयन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौ, ३० जेठ । गण्डकी विकास बैंकको दशौ वार्षिक साधारण सभाले संस्थापक तर्फ सुशिल गौचन, पद्य प्रसाद पौडेल, किशोर ओझा तथा सर्वसाधारण तर्फ नारायण बहादुर बानिया, कृष्ण बहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी समेत ६ जना  संचालकहरुको निर्विरोध निर्वाचित गरेको छ ।

उक्त निर्वाचन पश्चात बसेको बैंकको पहिलो सञ्चालक समितिको बैंठकले संचालक समितिको अध्यक्ष पदमा सुशिल गौचनलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

दशौ वार्षिक साधारण सभाले १९.३१०६ प्रतिशत वोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरे पश्चात बैंकको चुक्ता पूँजी कुल रु २ अर्व ७५ करोड पुगेको छ भने पूँजीको हिसाबले गण्डकी विकास बैंक लिमिटेड सवै भन्दा बढी चुक्ता पूँजी भएको अग्रणी विकास भएको छ ।

बैंकले आ.व. २०७४÷७५ को तेश्रो त्रैयमास सम्ममा निक्षेप रु. २० अर्ब ४३ करोड पु¥याएको छ भने कर्जातर्फ रु.१८ अर्ब ३२ करोड पु¥याएको छ ।

बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप लिनुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह गर्दै आएको छ ।

यसका साथै बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यस अतिरिक्त बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ व्यक्तिहरुका लागि लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ । बैंकको देशभरी नै शाखा सञ्जाल विस्तार गर्ने क्रममा हाल बैंकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन्  ।

यस पश्चात बैंकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट बैंकिग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताउनु भयो ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan