Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रतिनिधिसभामा विनियोजन विधेयकबारे छलफल हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० जेठ ।  २०७५ प्रतिनीधिसभामा आज विनियोजन विधेयकबारे छलफल हुँदैछ । राजधानीको बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे पछि बस्ने बैठकमा आज संचार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमा छफल हुनेछ ।

यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतको बजेटबारे पनि छलफल हुने संघीय संसद सचिवालयका सह–प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

विनियोजन विद्येयकमा छलफलका लागि आजदेखि १ साताको समय छुट्याईएको छ । यसअघि गत आईतबारबाट प्रतिनिधिसभामा दफाबार छलफल हुने भनिएपनि आवश्यक तयारी नपुगेको भन्दै सभामुख कृष्णबहादुर महराले स्थगित गर्नुभएको थियो ।

सरकारले आगामी आर्थिक बर्षका लागि गत १५ गते  १३ खर्ब १५ अर्ब हाराहारीमा बजेट ल्याएको थियो । विनियोजन र आर्थिक विधेयकमा छलफल पछि मध्य असार सम्ममा बजेट पारित गर्ने गरी तयारी भईरहेको संसद सचिवालयले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan