Monday 18th of June | २०७५ असार ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

६ जिल्लाको सवारी दुर्घटनामा मृत्युको विवरण सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० जेठ । तनहुँ : ब्यास नगरपालिका-१२ घाँसीकुवा स्थित राजमार्गमा ना.३ ख २७८६ नम्बरको ट्रक बुधबार बिहान अनियन्त्रित भई सडकबाट अन्दाजी १५ फिट तल खसेर दुर्घटना हुँदा चालक चितवन माडी नगरपालिका-९ बस्ने ३४ वर्षीय भुपेन्द्रबहादुर चौधरी र सह-चालक सोही ठाउँ बस्ने २८ वर्षीय पूर्णबहादुर प्रजा घाइते भएकोले उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाइएकोमा उपचारको क्रममा चौधरीको मृत्यु भएको छ ।

सप्तरी : अग्निसाइर कृष्णसवरण गाँउपालिका-१ स्थित राजमार्गमा ना.३ ख ९८८ नम्बरको ट्रक बुधबार अनियन्त्रित भई सडक किनारामा पल्टदा चालक धनुषा बागदुवार बस्ने २८ वर्षीय राजकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरी : भोक्राहा गाउँपालिका-७ हनुमानचौक स्थित भित्री सडकखण्डमा बुधबार को.१० प २००५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३५ वर्षीय महेश प्रसाद यादवको मृत्यु भएको छ ।

मोरङ : कटहरी गाउँपालिका-१ स्थित भित्री सडकखण्डमा को.१ त १४५५ नम्बरको ट्याक्टर मंगलबार अनियन्त्रित भई नहरमा खस्दा चालक धनपालथान गाउँपालिका-५ बस्ने ४२ वर्षीय जयनन्द सरदारको घटनास्थलमै मृत्यु भएको छ ।

उदयपुर : त्रियुगा नगरपालिका-६ लालपत्ता स्थित बा.६८ प ३६४४ नम्बरको मोटरसाइकलले स.७ प ८८०० नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा गम्भीर घाइते भएका स.७ प ८८०० नम्बरका चालक सिराहा लहान नगरपालिका-१६ बस्ने ३५ वर्षीय राजकुमार खड्काको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा बा.६८ प ३६४४ नम्बरको मोटरसाइकलमा सवार चालक उदयपुर त्रियुगा नगरपालिका-१० बस्ने २५ वर्षीय सन्तोष मगर र ३० वर्षीय बिनोद राई समेत घाइते भएकोले उपचारको लागि सोही अस्पतालमा लगिएको छ ।

रुपन्देही : गैडहवा गाउँपालिका-३ पोहवा चोक स्थित भित्री सडकखण्डमा लु.३ त २२४० नम्बरको ट्याक्टर मंगलबार अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २५ वर्षीय राज कमल कुर्मी र सहचालक २५ वर्षीय अनिल यादव घाइते भएकोले उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाने क्रममा चालक कुर्मीको बाटैमा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan