Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कृषि तथा वन विज्ञान विश्वविद्यालयको अवस्था संकटग्रस्त बन्दै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३० बुधबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन, ३० जेठ । चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधीकारीको चरम लापरबाहीका कारण विश्वविद्यालयको अवस्था दिनानुदिन संकटग्रस्त बन्दै गएको छ ।

स्थापनाको ८ औँ वर्ष भई विश्वविद्यालयमा पदाधिकारीको दुई-दुई कार्यकाल सकिने बेला आइसक्दा पनि विश्वविद्यालय बामे सर्न सकेको छैैनन् ।

विभिन्न संकायका डिन, विश्वविद्यालयका रजिस्टार, उपकुलपति लगायत सबै पदाधिकारिहरु राजनीतिक भागबन्डामा नियुक्त हुनु, शिक्षकहरुले आफ्नो विषय कक्षा तालिका अनुसार पढाउनुको सट्टा परीक्षाको तालिका प्रकाशित भएपश्चात बल्ल दुई चार दिन लस्याङ–पस्याङ गर्दै पढाएर कोर्ष सिध्याइदिनु, प्राक्टिकलको नाम निसान नहुनु र शिक्षकहरु महिनौ दिनसम्म एनजिओ, आइएनजीओ र प्राइभेट कलेजहरुमा व्यस्त हुनु लगायतका कारणबाट पठन पाठन पूरै ध्वस्त भएको विद्यार्थीहरु बताएको छ ।

यतिसम्मकी विद्यार्थीलाई प्रयोगात्मक परीक्षा, आन्तरिक परीक्षामा समेत आफनो पार्टीको हो या हैन भनेर नम्बर दिएर विभेद गर्ने गरेको अखिल (क्रान्तिकारी) विश्वविद्यालय समितिका अध्यक्ष नगेन्द्र दाहालले बताए ।

यहाँको पठन पाठन र ब्यवस्थापन हेर्दा आफु यो विश्वविद्यालयमा भर्ना हुँदा जुन चाहाना र इच्छा थियो त्यो यहाँ कुनै पनि पुरा नभएको र आफनो भविश्यनै केहो भन्ने थाहा नभएको चौथो सत्रान्तमा अध्यानरत विद्यार्थी गोरखाकी रक्षा अर्यालले बताइन् । यहाँ पेन्सिल किन्दा पनि राजनिति हुने गरेको उनको दुखेसो छ ।

विद्यार्थीलाई सिकाइको लागि भ्रमण लाने, प्राक्टिकलहरु नियमित गराउने ल्याब सामाग्रीहरु खरिद गर्ने, रिसर्चमा प्रोत्साहन गर्ने, विद्यार्थीको होस्टेल मर्मत गर्ने, होस्टेलमा वाइफाई जडान गर्ने, नियमित सरसफाइ गर्ने कुनै पनि काम नभएको विद्यार्थी रोजिना काफ्लेले बताइन् ।

विश्वविद्यालयमा समस्या भन्दा अरु केही नभएको र यसको संरक्षणमा कसैले पनि ध्यान नदिएको उनको भनाइ छ ।

विद्यार्थीलाई सेवा प्रदान गर्न आर्थिक अभाव छ भनेर नाटक गर्ने तर डिन, रजिस्टार उपकुलपति आदिलाई नयाँ नयाँ गाडी फेरिरहन, राजधानीका नामुक होटेलहरुमा गएर मिटिङ गर्न, हप्तौ, महिनौ विदेश घुम्न, नयाँ विद्यार्थीहरुको प्रवेश परीक्षाका बेला दिनहुँ शिक्षक, कर्मचारी र पदाधिकारीलाई मासु भात खान आदिमा जति पनि खर्च गर्ने विश्वविद्यालयमा ज्यालादारी कर्मचारी भनेर भर्ना गर्ने अनि पदाधिकारीले आफ्नो घरमा लगेर प्राइभेट काममा दलाउने, पार्टीका नाममा शिक्षक, कर्मचारी भर्ती गराउने लगायतका पदाधिकारीहरुको नियतका कारणले गर्दा विश्वविद्यालय धराशयी बनेको विद्यार्थी नेताहरु तर्क गर्छन् ।

विश्वविद्यालयका अधिकांश भवनहरु पूरै जीर्ण बनेका छन्, कति त झाडीले पुरिएका छन् । सिसै सिसाका भवनहरु मर्मत नहुँदा ध्वस्त बनेका छन् । पुरै जमिनमा झाडी मौलाएको छ ।

तर, पदाधीकारीले ब्यवस्थापन र संरक्षणमा चासो समेत दिएका छैनन् । आफुहरु नयाँ भवनमा डकार काड्दै विद्यार्थीलाई झाडीका खण्डहरमा शिक्षा लिन बाध्य बनाएका छन् ।

विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनुको सट्टा खस्किएर विश्वविद्यालय झनझन धरासयी बनिरहेको धेरैको तर्क छ । यसमा कृषि, पशु विज्ञान, मत्स्य विज्ञान र वन विज्ञानको पढाइ हुन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan