Saturday 18th of August | २०७५ भदौ २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सञ्चारमा नियुक्तिको बाटो खुला, कामिनी थमौती हुँदा ईश्वरलाई तनाव

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० जेठ । संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत विभिन्न संस्थान र निकायहरुमा राजनीतिक नियुक्तिको बाटो खुला भएको छ । नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समितिमा अध्यक्षको राजीनामा र कार्यकाल सकिएलगत्तै नयाँ नियुक्तिका लागि बाटो खुलेको छ ।

त्यस्तै, न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सरकारले कानुनी प्रक्रिया पुर्याएर नयाँ नियुक्ति गर्ने गृहकार्य सुरु गरेको छ । नयाँ सरकार गठनसँगै अघिल्लो सरकारहरुका पालामा नियुक्ति लिएकाहरुले नैतिकताका आधारमै बिदा लिनुपर्ने भए पनि कतिपयले कानुनी आधार मानेर अझै राजनीनामा दिएका छैनन् ।

न्यूनतम पारिश्रमिकमा काम चलाउ हैसियतमा परिणत भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यक्ष र सदस्यहरु नियुक्ति गरेको थियो । उता प्रेस काउन्सिल ऐन प्रतिस्थापन गर्ने गरी संशोधनको अन्तिम तयारी गरेको छ । ऐन पारित हुनेवित्तिकै काउन्सिलमा नयाँ नियुक्ति प्रक्रिया आरम्भ हुनेछ ।

नेपाल टेलिभिजनमा सञ्चालक समितिका अध्यक्ष महेश दाहालले राजीनामा दिएको एक महिना नाघिसकेको छ । त्यहाँ प्रेस चौतारीका पूर्वपदाधिकारीहरुमध्येबाट नियुक्ति गर्ने चर्चा चलिरहेको छ । त्यस्तै, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले कार्यकाल पूरा गरी जेठ २८ गते बिदा भएका छन् ।

महाप्रबन्धकमा नियुक्त ओपेन्द्र शर्माले भने कार्यकाल पूरा नभएको र नेकपाकै सदस्य भएका कारण कम्तीमा दुई वर्ष निरन्तरता पाउने छन् । यी दुवै सरकारी निकायमा बोर्ड संचालक सदस्यहरुको पदसमेत रिक्त हुनेछ । राससमा पनि चौतारीकै पूर्वपदाधिकारी या वर्तमान पदाधिकारीहरुमध्येबाटै नियुक्ति हुने चर्चा चलिरहेको छ ।

चौतरीभित्र पनि अग्रजहरुले मात्र पटक पटक राजनीतिक नियुक्तिको अवसर पाइरहेकाले यस पटक क्षमतावान र युवा उमेरका पदाधिकारीहरुलाई विभिन्न निकायमा पठाइनुपर्ने आवाज उठिरहेको छ ।

चौतारीका कोही पनि पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई मन्त्रीहरुले सल्लाहकार र सहयोगीका रुपमा नराखेको, प्रदेश र स्थानीय तहका सरकारका विभिन्न निकायमा पनि नियुक्तिको अवसर हुँदाहुँदै पार्टीले पनि ठोस ढंगले पहल नगरेको विषयका कारण असन्तुष्टि बढिरहेको छ ।

उता, संवैधानिक निकाय मानिने राष्ट्रिय सू्रचना आयोगको प्रमुख आयुक्तसहित आयुक्तहरुको कार्यकाल पनि छिट्टै सकिँदै छ । त्यहाँ पनि वामपन्थी प्रगतिशील पत्रकारहरुमध्ये योग्यलाई नियुक्त गर्न सकिने बाटो खुला भएको छ ।

पार्टी एकतापछि न्यूनतम पारिश्रमिक निर्धारण समिति या राससमध्ये एकको अध्यक्षमा प्रेस सेन्टरभि पनि लबिङ सरु भएको बताइन्छ । तर, प्रधानमन्त्रीको सल्लाहकारदेखि प्रेस काउन्सिलसम्म पटक पटक अवसर पाइरहेकाहरुलाई भन्दा त्यसरी अवसर आएको अवस्थामा सेन्टरभित्रका उपाध्यक्षसहितका पदाधिकारीमध्येबाट नयाँलाई पठाइनुपर्ने आवाज बलियो बन्दै गएको छ ।

गोरखापत्र संस्थानमा भने अध्यक्ष परिवर्तन हुने कि नहुने टुंगो भइसकेको छैन । तर, मन्त्री बाँस्कोटा आफू सफल बन्न सबै सरकारी निकायमा नयाँ नियुक्तिका पक्षमा रहेको बुझिएको छ । 

कामिनी थमौती हुँदा ईश्वरलाई तनाव
सेनाको कमान्डमा चल्ने आफ्नो विभागीय मन्त्रालयमा धेरै चलखेल गर्न नपाएपछि रक्षामन्त्री ईश्वर पोखरेलले अरूको मन्त्रालयमा सुँढ धसाउन गरेको एउटा प्रयास विफल भएको छ ।

पहिल्यैदेखि ठूला ठूला ठाउँका नियुक्तिमा रुचि राख्ने स्वभावका मन्त्री पोखरेलको यस पटकको नजर नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा परेको थियो । उनको ध्याउन्न जसरी हुन्छ, अहिलेकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएर सुनिल पोखरेललाई एमडी बनाउनेमा थियो । त्यसका लागि उनी न्वारानदेखिको बल लगाएर लागेका पनि थिए । तर, असफल भएका छन् ।

सरकारले टेलिकमको प्रबन्ध निर्देशकमा राजभण्डारीलाई थमौती गर्ने निर्णय गरेपछि यतिबेला एमडी बन्ने दौडमा लागेका सुनिललाई भन्दा बढी चोट मन्त्री पोखरेललाई लागेको बताइन्छ । सुनिल टेलिकमका कर्मचारीहरूमध्ये वरिष्ठतामा पनि १३ जनाभन्दा पछाडि छन् ।

फेरि खुला प्रतिस्पर्धाबाटै छनोट गर्दा उनी हुने÷नहुने निश्चित थिएन । उनी हुँदा पनि उनीभन्दा वरिष्ठ धेरै हुने भएकाले कमान्ड सम्हाल्न निकै गाह्रो पथ्र्यो । जबकि, खुला प्रतिस्पर्धाबाट आएकी राजभण्डारी वरिष्ठताका हिसाबले पनि पहिलो नम्बरमा थिइन् । त्यसो त सुनिल टेलिकमभित्र ‘बिचौलिया’ भनेर चिनिन्छन् ।

कामिनीलाई हटाएर सुनिललाई एमडी बनाउन मन्त्री पोखरेलले प्रधानमन्त्रीसम्म पनि कुरा गर्न भ्याइसकेका थिए । स्रोतका अनुसार सुरुमा प्रधानमन्त्री केपी ओली पनि ‘ठिकै छ नि त’ भन्ने मुडमा पुगिसकेका थिए ।

पछि यति लबिङ भयो कि त्यसबाट प्रधानमन्त्रीसमेत इरिटेड भएर ‘हैट यस्तो मान्छेलाई कहाँ गर्ने, यस्ताले डुबाउँछन्’ भन्ने निष्कर्षमा पुगेका थिए । मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकसम्म टेलिकमको एमडीको विषयमा के भयो ? भनेर सोध्नसम्म भ्याएका थिए ।

जवाफमा प्रधानमन्त्रीले मेरो सम्बन्धित मन्त्रीसँग कुरा भइसक्यो भनेर पछि मन्त्री पोखरेलले । के कुरा भयो त ? हटाउने भइयो कि राख्ने भइयो भनेर सम्म सोध्न हिम्मत गरेका थिएनन् ।

बोलीमा भन्दा पनि काममा परिणाम चाहने सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले टेलिकमको कामका बारेमा प्रबन्ध निर्देशक राजभण्डारीसँग स्पष्टीकरण सोधेका थिए । यहि मौकामा उनलाई हटाउन अर्काको मनत्रालयमा मन्त्री पोखरेलले अनावश्यक चासो राखेका थिए, बुधबारमा उल्लेख छ ।

मन्त्रीको स्पष्टीकरण पनि एमडी राजभण्डारीले टेलिकम सुधारको प्रतिबद्धतासहित १ सय १० पेजको लिखित जवाफ पेस गरेकी थिइन् । प्रतिबद्धतापछि उनलाई थमौती गरिएको थियो । यो थमौतीबाट सबैभन्दा बढी तनाव कसैलाई भएको छ भने मन्त्री पोखरेललाई भएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan