Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आइएमईले १८ औं वर्षमा प्रवेश

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३० बुधबार |
newsabhiyan
newsabhiyan

काटमाडौं, ३० जेठ । आइएमई १७ औँ वर्ष पार गरेर १८औँ वर्षमा प्रवेश गरेको छ । स्थापना काल देखि नै साझेदारी व्यवसायलाई मूख्य प्राथमिकता दिँदै आएको आइएमईले १८ औं वर्षसम्मको व्यावसायिक यात्रामा देश भित्र करिव २० हजार व्यावसायिक साझेदारहरूको साझा संजाल निर्माण गरेको बताएको छ ।

आईएमईले  ‘१८ औँ वार्षिकोत्सव साझेदारीको’ भन्ने मूल नाराका साथ कम्पनीले मंगलबार विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । १८ औँ वर्षसम्म आइपुग्दा आइएमईले रेमिटेन्सको क्षेत्रमा आर्जन गरेको पर्यावाची नामलाई कायम राखि राखेको कम्पनीले दाबी गरेको छ ।

आइएमईको शाखा, प्रतिष्ठा र विश्वासलाई कायम राखिराख्न परम्परागत रेमिटेन्स सेवालाई समयानुकूल परिमार्जन गर्दै ‘आइएमई पे’मार्फत प्रविधिमैत्री डिजिटल रेमिटेन्स सेवाको समेत थालनी गरिसकेको कम्पनीले जनाएको छ ।

आम सेवाग्राहीहरूको निरन्तर विश्वासले आइएमई नेपालको स्थापित व्यावसायिक समूहमा पर्न सपmल भएको कम्पनीले बताएको छ । रेमिटेन्स, बैङ्क तथा वित्तीय संस्था, अटोमोबाइल, सूचना प्रविधि, बीमा, उर्जा, केबलकार, हस्पिट्यालिटी लगायतका व्यावसायिक क्षेत्रमा आइएमई समूहले लगानी विस्तार गर्दै आइरहेको छ ।

कम्पनीले १८औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै कुनै पनि काम प्रति समर्पण र पेशा प्रतिको इमान्दारिता हुनुपर्ने बताए ।

आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले कर्मचारीहरूको सीपविकास र क्षमता अभिबृद्विमा विशेष ध्यान दिइएको बताउँदै प्रतिष्पर्धा आफैंले आफैंसँग गर्नुपर्ने बताए ।

प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले एउटा कर्मचारीका लागि आइएमई ग्रुपमा धेरै अवसरहरु भएको बताए । वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा ९५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा १८औँ वार्षिकोत्सवका दिनसम्म दशवर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरूलाई अध्यक्ष, प्रवन्धनिर्देशक र प्रमुखकार्यकारी अधिकृतले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा आयोजित फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई शिल्ड, ट्रफी र प्रमाण–पत्रप्रदान गरिएको थियो भने कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट विभिन्न एघार विधामा उत्कृष्टता प्राप्त गर्ने कर्मचारीहरू सम्मानित भएका थिए ।

कम्पनीले १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी  १ सय ७४ आइएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार ५ सय भन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिँदै आईरहेको जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan