Saturday 18th of August | २०७५ भदौ २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्थापना दिवसका अवसरमा पदयात्रा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३० बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, ३० जेठ। नयाँशक्ति पार्टी नेपालको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ पदयात्रा गरिएको छ ।

नयाँ बानेश्वर नजिकबाट शुरु भएको सो पदयात्रा बिजुलीबजार हुँदै बबहरमहलमा आएर समापन गरिएको सो पदयात्राको शुभारम्भ पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले गर्नुभएको थियो ।

पदयात्रामा मुलुकलाई समृद्ध बनाउनका लागि भ्रष्टाचारमुक्त समाज निर्माण, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि विभिन्न सन्देश प्रचार गरिएको थियो ।

विभिन्न जाति, समुदायका सांस्कृतिक वेशभूषा तथा बाजागाजासहित सहभागीले उक्त यात्रामा रमाइलो गरेका थिए ।
पदयात्रामा केन्द्रीय नेतृत्वदेखि साधारण कार्यकर्तासम्म सहभागी थिए । विसं २०७२ जेठ ३० गते पूर्वप्रधानमन्त्री भट्टराईको संयोजकत्वमा उक्त पार्टी स्थापना भएको हो । स्थापना दिवसकै सन्दर्भमा सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान, अन्तक्र्रिया तथा युवा भेला समेत गरिने बताइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan