Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रिचार्जर एपबाट मोबाइल किन्दा टिभि सित्तैंमा, अफर एक साता चल्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० जेठ । फुटबलको कुम्भ मेला विश्वकप फुटबलको अवसर पारेर मोबाइल एप रिचार्जरले मोबाइल किन्दा टिभि सित्तैंमा दिने अफर ल्याएको छ ।

विश्वकप फुटबलको समयमा टिभि तथा मोबाइल किन्ने सोच बनाएकाहरुलाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको हो ।

यस अघि केही घण्टाका लागि मात्र १ रुपैंयामा जर्सी उपलब्ध गराएको रिचार्जरले यो अफर एक सातासम्म सञ्चालन गर्ने जनाएको छ ।

‘मोबाइल किन्दा टिभि सित्तैंमा’ अफर विश्वकप फुटबल सुरु हुने दिन बिहीबारदेखि सुरु हुनेछ । रिचार्जर को वेबसाइटमा नभई मोबाइल एपमा मात्र अफर लागू हुने रिचार्जरका प्रमुख कार्यकरी अधिकृत निराजन सिंहले बताए ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैंया क्यास व्याक पाउने छन् । ‘त्यस पछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास व्याक पाउनु हुन्छ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ ।’ सिंहले बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan