Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७५ साल जेठ ३१ गते बिहीवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३१ बिहिबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७५ । नेपाल सं. ११३८ । योग सं. ३९ । ज्येष्ठ महिनाको ३१ गते  बिहीवार ।

अँग्रजी मितिः ई.सं. २०१८ जुन महिनाको १४ तारिख ।

तिथीः उत्तरायण, ग्रीष्म ऋतु शुद्धज्येष्ठ शुक्लपक्षको प्रतिपदा तिथि, २३ः४५ बजेपछि द्वितीया तिथि । 

योगः शूल योग, ०७ः०९ बजेपछि गण्ड योग ।

नक्षत्रः  मृगशिरा नक्षत्र, १६ः०२ बजेपछि आद्र्रा नक्षत्र ।

करणः किंस्तुघ्न करण १२ः५४ बजे उपरान्त बालव करण । 

चन्द्रमाः  मिथुन राशिमा ।

काठमाडौंमा सूर्योदयः ०५ः१० बजे ।

काठमाडौंमा सूर्यास्तः १८ः५९ बजे ।

राहुकालः १३ः४७ बजेपछि १५ः३१ बजेसम्म ।

यात्राः  अत्यावश्यकमा राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी पश्चिम दिशाको लागि उपयुक्त ।

 

 

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आज दिन यद्यपि गोचर उपलब्धिमूलक देखिन्छ । तथापि उपयुक्त उपलब्धि हासिल गर्न मनोन्माद्लाई संयम गरी स्वकर्ममा लगनशील रहनु पर्ने देखिन्छ । उन्मादी हौंस्याहटलाई कम गरी व्यवहारिक ढङ्गलले अघि बढ्नाले केही महत्त्वपूर्ण कामकार्य सम्पादन गर्न सकिनेछ । व्यवसायले फट्को मार्ने र आर्थिक एवम् भौतिक कठिनाई कम गर्नसकिने छ । शारीरिक पराक्रम पनि बढ्ने र पौरखको मान्छेहरुबाट प्रशंसा पनि पाउन सकिनेछ । शुभेच्छुकहरुबाट सहयोग पनि मिल्नेछ । आज यहाँलाई तीन अङ्क, हरियो रङ्गको उपयोगको र हनुमानदेवको स्तुति गर्नु शुभप्रद हुनेछ ।

 

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन अपेक्षा गरेको तथा आश्वासन मिलेकै तर्फबाट भन्दा अन्यबाट केही भौतिक उपलब्धि हुनसक्ने छ । कसैकसैलाई गलत संगत तथा विपरित आहारको सम्भावना पनि देखिएकोले खानपानमा अल्लि ख्याल गर्नु उपयुक्त हुनेछ । आज तपाईँले बोलेको कुराको अपव्याख्या हुनसक्ने छ अल्लि ख्यालपूर्वक बोलीव्यवहार गर्नुपर्ला । नचिताएको स्थानबाट आकस्मिक लाभ हुने तथा स्वजन मिलन हुने सम्भावना छ । समाज सेवा वा परोपकार आदिमा मानमूल्याङ्कन मिल्ने सम्भावना देखिन्छ । दुई अङ्क, सेतो रङ्गको उपयोग गर्नु र माँ बगलामुखीको उपाशना आराधना गर्नु आज तपाईँको लागि मनासिव हुनेछ । 

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्यतया ग्रहको बाधक भूमिका हुँदा हुँदैपनि केही लाभ एवम् सफलता हासिल गर्नसकिने छ । तथापि महत्त्वपूर्ण कार्य सम्पादन गर्न केही उपाय भने अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । व्यवसायिक लाभ एवम् भौतिक उपलब्धि हुनेछ । विद्वान गुरुजनको आर्शिवाद एवं सल्लाह सुझाव लिएर अघि बढ्नाले रोकिएर रहेका केही कार्य अगाडि बढाउन सकिनेछ । कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने नयाँ कार्यमा लगानीको अवसर मिल्नसक्ने देखिन्छ । आज तपाईको लागि एक अंक, रातो रङ्गको प्रयोग शुभ रहने छ भने माँ बगलामुखीको दर्शन भक्तिले थप मार्ग प्रसस्त हुनेछ ।

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन संघर्षकर रहेको छ । सामान्य कार्यलाई पनि बढीनै कोसिस गरेरमात्रै अगाडि बढाउन सकिनेछ । वास्तविकता नबुझि बहकावमा आएर गरिएको कामबाट धोखा हुनसक्ने छ । आफूसँग सम्बन्ध नभएको विषयमा चेष्टा गर्दा उल्टो तथा मद्होसमा आएर गरिएको कामले पक्कै पनि पश्चाताप दिने र खतिक्षति व्यहोर्न पर्नसक्ने छ, समयमै सजग हुनु बुद्धिमानी हुनेछ । मानसिक चञ्चलताले अनर्थकर यात्रा पनि गराउन सक्ने सम्भावना देखाएको छ, धैर्यधारण गर्न जरुरी देखिन्छ । यहाँको लागि आज ३ अंक र पहेंलो रंग फापकर हुनेछ भने माँ बगलामुखीको भक्ति शुभप्रद हुनेछ ।

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आज दिन अनुकूल गोचर परेको छ । पेशा एवं व्यवसायको क्षेत्रमा प्रगति हुने र आयआम्दानी बढ्ने तथा उद्यमधन्दाको विकास हुनेछ । कसैकसैलाई कैफियत युक्त आम्दानीतर्फ पनि मन आकर्षित हुने हो कि भन्ने शङ्का पनि देखिएको छ । आसक्तिलाई संयम गर्नु आत्मोन्नतिकर हुनेछ ।  सामान्यतया आफ्नो कामकार्य तथा पेशामा सकारात्मक विचारपूर्वक अघि बढ्नेको लागि दिन राम्रै उपलब्धिमूलक रहनेछ । आफन्तीहरुसँग भेट्घाट हुन र औपचारिकता निर्वाह गर्न पर्नेछ । आफन्तिजनको शुभसमाचार सुन्न पाइने छ । आज तपाईँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने माँ बगलामुखी श्रद्धाभक्तिले सफलतामा मद्दत गर्नेछ ।

 

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन ईज्जत एवम् प्रख्याति बढ्ने दिन रहेको छ । उच्चतहका अधिकारीसँग संपर्क विस्तार हुनसक्ने छ भने त्यसले महत्त्वाकांक्षी भावना बृद्धि गर्नपनि सक्नेछ । विद्वानजनको सङ्गत पनि मिल्नसक्ने छ । तथापि व्यापार व्यवसायबाट अपेक्षा गरेकै उपलब्धि गर्न अल्लि गार्हो पर्ने देखिन्छ । जागिर एवम् राजनीति तथा समाजसेवाको क्षेत्रमा गर्न खोजिएको कामकार्यमा अल्मल्याहट् नआउला भन्नसकिन्न । सरकारी निकायबाट निम्ट्याउन खोजेको काम पनि अल्झिनसक्ने सम्भावना छ । यहाँलाई आज एक अंक, रातो रङ्गको प्रयोग गर्नु शुभ रहने भने कामकार्यमा आउने अल्झनलाई निराकरण कागलाई खुवाउनु र हनुमान देवको एवं माँ कालीको दर्शन भक्ति गर्नु उपयुक्त हुनेछ । 

 

तुला राशिः

तुला राशिहुने हरुको लागि आजको दिन दिनले कोल्टे फेरेको छ तथापि कमजोरी खोज्नेहरू सक्रिय हुने देखिन्छ । यद्यपि विचारमा स्वच्छता आउने तथा आस्था र धार्मिक विचार बढ्नसक्ने छ तथापि कान्तिमा मलिनता देखिने र मानसिक भय पर्नसक्ने सम्भावना पनि छ । कार्यक्षेत्रमा माथिल्लो निकायबाट अपजश तथा दुःखकष्ट आइपर्ने सम्भावनालाई पनि नकार्न सकिन्न तरपनि हिम्मत बढाउन उपयुक्त हुनेछ । सत्प्रयत्नले कार्यक्षेत्रमा लाभ हातपार्न र अवरोध हटाउनसकिने छ । निष्ठा एवम् सिद्धान्तमा नचुक्नु नै तपाईको लागि आज परीक्षाको विषय बन्नसक्ने छ ।

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सोँचेभन्दा बढी संघर्ष गर्नपर्ने खालको दिन देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने तथा औषधोपचारमा खर्च गर्नुपर्ने सम्भावना रहेको छ । आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । हतार नगर्नु तथा सोँचविचार गरेर चल्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । आज ध्यानाभ्यास गर्नु यहाँको लागि उपयुक्त हुनेछ भने आठ अंक, रातो रङ्ग र बाधाबिघ्न निवारणको लागि सर्वसाधारणले माँ वगलामुखी र विद्यार्थीहरुले सरस्वतीको साधना गर्नु शुभ हुनेछ ।

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन भौतिक सुख सुविधा एवम् सेवा सत्कार मिल्ने खालको रहेको छ । जीवन साथी वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्ध सुमधुर हुनेछ । विवाह योग्य युवायुवतीको लागि उपयुक्त स्थानबाट विवाह प्रस्ताव आउनसक्ने सम्भावना छ । देश तथा विदेशको यात्राको पनि संयोग देखिन्छ । व्यापार व्यवसायबाट लाभ र आफन्तजनको सहयोग मिल्ने छ । आज यहाँहरुको लागि सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने विपरित लिङ्गिसँगको समन्वयात्मक कार्य फापसिद्ध हुनसक्ने छ ।

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन उत्साहजनक समय परेको छ, कामकार्यमा रुची बढ्ने र सफलता प्राप्त हुनेछ । टाढा गएका तथा भएका स्वजनसँग मिलन हुने तथा सहयोग प्राप्त गर्नसकिने छ । प्रतिस्पर्धामा विजय भइने छ । आकस्मिक धनलाभ मिल्नसक्ने सम्भावनाको ग्रहगोचर रहेको दिन छ । कार्यक्षेत्रमा आएका अड्चन हटाउन सकिने तथा रोकिएर रहेका काम अगाडि बढ्नेछन् । विरोधीहरू पाखा लाग्ने वा सहमतिमा आउने छन् । राजनीति, खेलकुद जन्य क्षेत्रमा विशेष सफलता मिल्नसक्ने छ । व्यवसायिक उन्नती हुन गई आय–आम्दानीमा बृद्धिहुने छ ।

 

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्य सुधार भएको देखिन्छ तर पनि मान्छेहरुको नजरमा तपाईँमा आत्मप्रशंसाको चाहना बढेको मुल्याङ्कन हुनसक्ने छ । आफ्नो प्रभाव जमाउन अल्लि कठिन पर्नसक्ने छ । समयको सदुपयोग गर्न खोज्नेहरुको लागि भने शिक्षा लिने वा कुनै विषयको बारेमा सिक्ने कार्यमा प्रगति गर्नसकिने छ । आज अर्काको चियोचर्चोमा मन जानाले आफ्नो कार्य अधुरो रहनसक्ने कुराप्रति होसियारी रहनु पर्नेछ । गोपनीयता बचाउन पनि यत्न गर्नु होला । पाँच अंक, रातो रङ्गको उपयोगिता आज तपाईँको लागि शुभदायक हुनेछ भने गरीब विद्यार्थीलाई सहयोग गर्नु पुण्यप्रद हुनेछ । 

 

 

मीन राशि:

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अल्लि संघर्ष गर्नुपर्ने गोचर परेको छ । विवाद गराउने भूमिका निर्वाह गरेको ग्रहयोग परेकोले आज साथीभाई–सहकर्मी–सँधियार–आदिसँगको व्यवहारमा होशियारी र सतर्कता अप्नाउन जरुरी देखिन्छ । कामकार्यमा अड्चन आउनसक्छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु पनि आइलाग्नसक्ने छन् । धेरै संघर्षले थोरैमात्रै लाभ मिल्नसक्ने छ । दिन विपरितपरक रहेकाले जोशमा आएर होस गुमाउने र पछि पछुताउने हुनसक्ने छ समयमै होस पुर्याउनु होला । बाधाब्यबधान तथा शङ्काउपशङ्काको बाबजुतपनि समयलाई बुझेर आफ्नो कार्यमा लगनशील हुनालेकेही उपलब्धि भने हात पार्नसकिनेछ ।

 

 

सम्पर्क बिवरण:-

 

ज्यो.पं.वैद्यराज दीपक सुवेदी (डबल गोल्डमेडलिष्ट)

ॐ आयुर्वेद आरोग्यशाला तथा, ज्योतिष परामर्श सेवा

कमलमार्ग १७२ केसीटोल कमलपोखरी, काठमाडौं,  नेपाल ।

सम्पर्ण नम्बर : ९८४१२२३१२६, ९८०३८७९९७८, ४४३१७४७

काठमाडौं बाहिरः कोहलपुर न.पा. ५ शान्तिनगर, बाँके ०८१–५४०५३४

Email: astrodeepakguru@gmail.com, aaarogyashala@gmil.com , aumayurved@yahoo.com

फेसबुक :  https://www.facebook.com/jyotishdeepakguru

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan