Sunday 19th of August | २०७५ भदौ ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नक्कली सामान बिक्री गरी उपभोक्तामाथी ठगी गर्नेहरु माथी कडा कारबाही दुई वटा कस्मेटिक पसलमा सिलबन्दी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३१ बिहिबार | प्रनिश थापा
newsabhiyan
newsabhiyan

चितवन , ३१ जेठ । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ बजारका दुई वटा कस्मेटिक पसलमा मंगलबार शिल गरेको छ ।

अनुगमनमा निस्किएको कस्मेटिक उत्पादक कम्पनीका प्रतिनिधि सहितको जिल्ला अनुगमन समितीले अनुगमनका क्रममा नक्कली सामान बिक्री गर्ने गरेको भेटिएपछि पसल शिल गरेको हो ।

अनुगमन समितीले पुतलीबजारमा रहेको नरदेबी जनरल स्टोर्स र कमलनगरमा रहेको मैंयादेबी मार्गमा रहेको न्यू मन्जरी जनरल स्टोर्स बन्द गराएको हो ।

टोलीले पुतलीबजारमा रहेको नरदेबी जनरल स्टोर्सबाट स्ट्रेक्स कपालमा लाउने कलर ७८ वटा र गार्नियर ब्राण्डको गार्नियर नेचुरल कलर २३ वटा बरामद गरेको छ ।

त्यस्तै, कमलनगरस्थित मैंयादेवी मार्गमा रहेको न्यू मन्जरी जनरल स्टोर्सबाट अनुहारमा लगाउने ओले क्रिम ८ वटा र लेक्मि ब्राण्डको आईकोनिक ५२ वटा बरामद गरेको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रबिण तिवारीले बताउनुभयो ।

उनीहरुको खरिद र बिक्री बिल पनि नियन्त्रणमा लिईएको छ । सक्कली भनी सक्कली जस्तै सामान्य रुपमा हेर्दा नक्कली भन्ने थाहा नहुने खालका नक्कली सामान ब्यवसायीले बिक्री गर्ने गरेका हुन् ।

नक्कलीमा सबै कुरा सक्कलीको जस्तै ब्राण्ड, मूल्य सबै कुरा उस्तै भएकोले नक्कली सामानलाई सक्कली भनी बिक्री गरी ग्राहकहरु माथी ठूलो ठगी गरिएको स्ट्रेक्स ब्राण्ड कम्पनीका प्रतिनिधि गोबिन्द प्रसाद घोसले बताउनुभयो ।

नक्कली सामान बिक्री गरी उपभोक्तामाथी ठगी गर्नेहरु माथी कडा कारबाही हुने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनुभयो ।

गुनासोको आधारमा दुईवटामा अनुगमन गरेको र दुवैले नक्कली सामान बिक्री गर्ने गरेको, खरिद तथा बिक्री बिल नराखेको पाईएकाले दुबैलाई शिल गरिएको बजार अनुगमन अधिकृत ओम नारायण शर्माले जानकारी दिनुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan