Sunday 19th of August | २०७५ भदौ ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महालक्ष्मी विकास बैंककोे एकैसाथ दुई शाखाको औपचारिक उद्घाटन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३१ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३१ जेठ । महालक्ष्मी बिकास बैंकले आफ्नो सेवा राज्यभर विस्तार गर्दै लाने क्रममा  बुुधबार दार्चुला जिल्लाको गोकुलेश्वर शाखा र बैतडी जिल्लाको पाटन शाखाको एकैसाथ औपचारिक समुद्घाटन गरेको छ ।

बैँकको गोकुलेश्वर शाखाको उद्घाटन शैल्य शिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामीले तथा पाटन शाखाको उद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख केशबबहादुर चंदले रिबन काटेपश्चात् दीप प्रज्वलनका साथ गर्नुभएको थियो ।

बैंकका प्र्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायीत था स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

साथै उहाँले कार्यक्रममा बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ठ सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने प्रतिवद्धता गर्नुभयो ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७१ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवाप्रदान गरिरहेको बैकले चैतमसान्तसम्म २५ अर्ब ११ करोड रुपँैया निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपँैया कर्जा प्रवाह गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan