Monday 18th of June | २०७५ असार ४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रिबल्वर सहित दुई जना पक्राउ (विवरण सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३१ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३१ जेठ । काठमाडौंस्थित ठमेल, ज्याठा क्षेत्रमा केही अपरिचित व्यक्तिहरुले होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुल्दै हिड्ने गरेको गोप्य सूचनाको आधारमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

पक्राउ पर्नेहरु देवकुमार थापा र कमल गुरुङ रहेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यस्तोा छ घटनाको विवरण :–
व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुल्दै हिडने गरेको भन्ने स्थानिय नागरिकहरुको गोप्य सुचनाको आधारमा यस परिसरबाट प्र.नि. को कमाण्डमा खटिएको विशेष टोलीलेत्यस्ता व्यक्तिहरुको खोजतलाश गर्ने क्रममा मिति २०७५।२।३० गते राती अं. २१:३० वजेको समयमा शंकास्पद रुपमा November लेखिएको कालो झोला बोकी ठमेल, ज्याठाको गल्लीमा हिडिरहेको अवस्थामा निम्न २ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई निजहरुले वोकिरहेको कालो झोला चेकजाँच गर्दा रिवल्वर थान-१ र खुकुरी थान-१ सहितका हतियार फेला परेकोले उक्त झोला सहितको हतियार वरामद गरी निजहरुलाई तत्कालै पक्राउ गरी महानगरिय प्रहरी परिसर, काठमाण्डौबाट अनुसन्धान भइरहेको ।

वरामद हतियारको विवरण :
१. रिवल्वर थान -१
२. खुकुरी थान-१

पक्राउ व्यक्तिहरु :
१. काभ्रे जिल्ला झैटी देउराली-८ घर भई हाल सितापाइला वस्ने वर्ष २६ को देव कुमार थापा, निज राधे समुहको गुण्डा भन्ने खुल्न आएको । हाल आफुलाई ट्रेकिङ गाइड गर्ने र अमृत साइन्स क्याम्पसको क्यान्टिनमा काम गर्ने भनी वताएको ।

२. धादिङ जिल्ला ज्वालामुखी -३ घर हुने वर्ष २९ को कमल गुरुङ, निज देव कुमार थापाको समूहमा रही गुण्डा गर्दी गर्दे हिडने र इच्छासिद्धी बालुवा प्रशोधन केन्द्रको सेयर होल्डर  हु भनी वताएको ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan