Tuesday 23rd of October | २०७५ कार्तिक ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुई तिहाईको दम्भ देखाए त्यसको प्रतिवाद गर्छौँ : सांसद मिनेन्द्र रिजाल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३१ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,३१ जेठ ।  नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले संविधानको भावनालाई हरेक स्थानमा कुल्चिँदै गएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको विहीबारको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गर्दे सांसद रिजालले सरकारलाई पनि नियम कानुन र संविधानबाट बाहिर जाने अधिकार नभएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सरकारका सबै निकायबाट धम्क्क्याउने, धर्काउने काम भएको भन्दै दुई तिहाईको दम्भ देखाए प्रतिपक्षी दलले त्यसको सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

संविधानमा सभामुख र उपसभामुख भिन्न भिन्न दलको बनाउनुपर्छ भनेर संविधान बनाउदा अगाडि बसेकाहरुले नै अहिले व्यवस्थाको गलत प्रचार गरेको बताएका छन् ।

मन्त्रालयको तीन वटा प्रज्ञा प्रतिष्ठानलाई गाभेर एउटै प्रभावकारी संस्था बनाउने प्रस्तावका विषयमा आपत्ती जनाएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan