Sunday 19th of August | २०७५ भदौ ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपप्रधान मन्त्री–पत्रकार भेट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३१ बिहिबार | (रासस)
newsabhiyan

विराटनगर, ३१ जेठ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताउनुभएको छ ।

प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई पूर्णरुपमा सफल बनाउने विचार व्यक्त गर्नुभयो ।

दुई तिहाइ बहुमतको सरकारले मुलुकमा लोकतन्त्र, आर्थिक विकास र समृद्धिका निम्ति इमान्दारीपूर्वक काम गर्ने भन्दै उपप्रधान एवं रक्षामन्त्री पोखरेलले सरकारले बोलेका एजेण्डाहरु पूरा गराउन चुनौती पनि रहेको धारणा राख्नुभयो ।

संविधान संशोधनीय दस्तावेज भएकाले संसदीय अभ्यास, औचित्यको आधारमा संशोधन हुने बताउँदै उपप्रधानमन्त्री पोखरेलले राजनीतिक स्थिरता कायम गर्न पनि मुलुकमा बहुमतको सरकारको आवश्यकता थियो भन्नुभयो ।

उहाँले निकट भविष्यमा तराई तथा पहाडमा आउने बाढी र पहिरोका कारण हुने जनधनको क्षति रोक्न सरकार पूर्णरुपमा तयारी अवस्थामा रहेको बताउँदै विपद् व्यवस्थापन गर्न सरकारसँग उपलब्ध सबै स्रोत परिचालन गर्ने बताउनुभयो ।

अनुचित कार्य गर्नेलाई कुनै पनि हालतमा सरकारले नछाड्ने भन्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपाली सेना सैनिक ऐन, २०६३ र नियमावलीको आधारमा चलिरहेको जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan