Sunday 18th of November | २०७५ मङ्सिर २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानसेनापति क्षत्रीद्वारा फिल्ड फायरीङ्ग अभ्यासको निरीक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३१ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३१ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज ३१ गते धनुषा जिल्लाको भिमानमा सञ्चालित एयर डिफेन्स फिल्ड फायरीङ्ग अभ्यासको निरीक्षण गर्नु भएको छ ।

निरीक्षणकै क्रममा उहाँले अभ्यास ईलाकाको स्थलगत वस्तुस्थिति र बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो ।

फायरिङ्ग अभ्यासमा सहभागी फौजहरुले गरेको प्रदर्शनको अवलोकन पश्चात उहाँले सहभागी फौजलाई सम्बोधन समेत गर्नु भएको थियो ।

सम्बोधनको क्रममा उहाँले यस प्रकारको अभ्यासले फौजको पेशागत ज्ञान तथा दक्षता अभिबृद्धि हुन जाने विश्वास व्यक्त गर्नु भएको थियो । 

उक्त कार्यक्रममा बलाध्यक्ष हेमन्त राज कुंवर, सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक देव कुमार सुवेदी, युद्धकार्य महानिर्देशक शरद कुमार गिरी, मध्यपूर्वी पृतनापति ईश्वर हमाल लगायत अन्य रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रधानसेनापति क्षत्री उक्त एयर डिफेन्स फिल्ड फायरिङ्गको निरीक्षण सम्पन्न गरी आजै काठमाण्डौं फिर्ता हुनु भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan