Sunday 22nd of July | २०७५ श्रावण ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गृहमन्त्रीको कार्यशैलीबाट एमालेहरु त्रसित, जिम्मेवारी नहुँदा निस्कृय हुँदै नेताहरु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र पूर्व माओवादीहरुले एमालेहरु भन्दा फरक देखिने शैली अपनाएको भन्दै साविक एमालेहरु तर्सिन थालेका छन् ।

एमालेबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पूर्व माओवादी मन्त्रीहरुको कार्यशैलीको गुनासो पटक पटक गरिसकेको थाहा भएको छ । तर प्रधानमन्त्री ओली भने पूर्व माओवादी मन्त्रीहरुलाई केही भन्लान भन्ने भन्दा पनि उनीहरुबाट चेतावनी भोग्न बाध्य भएका छन् ।

गृहमन्त्री रामबहादुर थापा ओली सरकारका मन्त्रीहरु मध्ये सवैभन्दा क्रान्तिकारी र दृढ निश्चयी देखिनु भएको छ । थापाले सय दिनभित्रै शुरु गरेका कामहरुले सर्वत्र चर्चा पनि पाएको छ भने उहाँ एक पछि अर्को गरी जनसरोकारका विषयमा केन्द्रीत भएर अघि बढ्नु भएको छ ।

तर, गृहमन्त्री थापाको काम पूर्व एमाले मन्त्रीहरुले पचाउन नसकेको बताइन्छ । चाहे यातायात क्षेत्रको सिण्डिकेटमाथि प्रहार गर्ने होस वा ठेक्का ओगटेर काम फत्ते नगर्ने ठेकेदारहरुलाई कारबाही गर्ने अभियान होस गृहमन्त्री थापाले निकै ठूलो साहस गरेको चर्चा सर्वसाधारणदेखि नीति निर्माता तहसम्म गरिंदै छ ।

तर साविक एमालेहरु भने त्यसलाई पूर्व माओवादी मन्त्रीहरुले गरेका काममा सकेसम्म भाँजो हाल्न पाए हुन्थ्यो भन्ने मानसिकताबाट ग्रसित बनेको देखिन्छ । यातायात सिण्डिकेट तोड्ने क्रममा गृहमन्त्री थापाले हिन्दी फिल्म नायकको शैली जसरी काम गरे त्यसबाट आत्तिएका यातायात ब्यावसायीहरुले यातायात मन्त्री रघुबीर महासेठलाई गुहारेका थिए ।

जसको परिणाम सिण्डिकेट हटाउने काम जहाँको तँही अड्किएको छ । अड्किएको मात्रै होइन, यातायात समितिका खाता रोक्का गर्ने र सम्पतिलाई राष्ट्रियकरण गर्ने गृहमन्त्रीको घोषणालाई अघि बढ्न नदिन मन्त्री महासेठले भिलेनको काम गरिरहेको बुझिएको छ ।

देशभर ३ सय ५ वटा यातायात समिति रहेकोमा ११० वटाका खाता रोक्का गरिएको छैन । मन्त्री महासेठले यातायात व्यवस्था विभागलाई प्रभावमा पारेर ती समितिहरुको विवरण नै बुझाउन नदिएको थाहा भएको छ । त्यसरी विवरण नबुझाउने समितिहरुमा धेरै जसो एमाले निकटका रहेको बताइन्छ ।

त्यति मात्रै होइन रोक्का गरिएका खाताहरु पनि फुकुवा गरिदिने भन्दै आश्वासन दिन महासेठले छाडेका छैनन् । स्मरण रहोस महासेठले सिण्डीकेट हटाउन काम गरेका यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक रुपनारायण भट्टराइलाई विना कारण हटाएका थिए ।

अर्कोतर्पm गृहमन्त्री थापाले ठेकेदारहरुमाथि डण्डा चलाएकोमा पनि पूर्व एमालेहरु आक्रोशित बनेका छन् । पूर्व एमालेहरु ठेक्का पट्टाको क्षेत्रमा पनि उल्लेख्य संख्यामा रहेको बताइन्छ । एनजीओ, स्कुल कलेजपछि एमालेहरुको काम ठेक्का पट्टा हो ।

तर मन्त्री थापाले त्यही क्षेत्रमा डण्डा चलाएपछि उनीहरु तिम्लिाएका छन् । हुँदा हुँदा उर्जामन्त्री वर्षमान पुनले समेत विद्युत र सिंचाईको क्षेत्रमा काम ओगटेर बस्नेहरुलाई ठाउँका ठाउँ कारबाही गर्ने घोषणा गर्दै गृहमन्त्रीसंग सहयोग मागेपछि साविक एमालेहरु झन् तर्सिएका छन् ।

उनीहरु हारगुहार गर्दै हिडिरहेका छन् भने उनीहरुले गृह मन्त्रालयलाई यसरी कारबाही गर्ने अधिकारै नभएको दलिल गर्दै हिडिरहेका छन् ।

ठेकेदारहरुलाई समेत भौतिक पूर्वाधार मन्त्री समेत रहेका महासेठले पछाडिबाट साथ दिईरहेको सूचना पनि गृहमन्त्री थापा समक्ष पुगेको छ । मन्त्री महासेठले यस विषयमा समेत गृहमन्त्री थापालाई अवरोध गर्न खोजेको महसुश पूर्व माओवादीहरुले गरेका छन् ।

मन्त्री महासेठ लगायतको यस्तो हर्कत थाहा पाएका गृहमन्त्री थापाले कारबाहीका लागि कार्यविधि नै बनाउन थाल्नु भएको छ । गृहमन्त्रीको प्रयास सीधै ठगी मुद्धामा कारबाही गर्ने भएको बुझिएको छ । त्यस्तो कार्यविधि बनेपछि गृह मन्त्रालयको कार्य क्षेत्र विस्तार हुने र जुनसुकै क्षेत्रमा कारबाहीमा जान सकिने हुने कार्यविधि बनाईरहेका कर्मचारीहरुले बताएका छन् ।

गृहमन्त्री थापाले मन्त्री महासेठ लगायतको बदमासीको विषयमा प्रधानमन्त्री ओलीसंग कुरा गरिसकेको बुझिएको छ । प्रधानमन्त्री ओली गृहमन्त्री थापालाई चिढाउने अवस्थामा नरहेकाले अन्ततः महासेठ पछि हट्न बाध्य हुने बताइन्छ । महासेठ ओलीका लागि राम्रो चन्दादाता भएकाले उनी मन्त्री बनेको बताइन्छ ।

महासेठको राजनीतिक र बार्गेनिङको पनि प्रधानमन्त्री ओलीले राम्रैसंग बुझेको बताइन्छ । गृहमन्त्री थापा मात्रै होइन उर्जामन्त्री पुन, कृषिमन्त्री चक्रपाणि खनाल र वनमन्त्री शक्तिबहादुर बस्नेतका काम पनि जनसरोकारसंग जोडिएका छन् ।

उनीहरुले आफूलाई कामबाटै स्थापित गर्न खोजेको भान जनतामा परेको छ । तर, साविक एमाले मन्त्रीहरु भने एकपछि अर्को गर्दै विवादमा तानिएका छन् । अघिल्लो पटक उर्जामन्त्री भएर चर्चा कमाएका श्रममन्त्री गोकर्ण विष्टले अलिकति काम गरेर देखाउन खोजेका छन् ।

तर, आसा गरिएका पर्यटन मन्त्री रविन्द्र अधिकारी गफै दिन ब्यस्त छन् । अर्थमन्त्रीले त प्रधानमन्त्री ओलीलाई सार्वजनिक ठाउँमा बोल्न पनि नसक्ने अवस्थामा पुर्याएको गुनासो एमालेहरुले नै गर्ने गरेका छन् । दाल चामलमा समेत कर लगाएर बजेटलगत्तै बजार भाउ बढेपछि प्रधानमन्त्री ओली सकसमा परेकोमा शंका छैन ।

जिम्मेवारी नहुँदा निस्कृय हुँदै नेताहरु
कम्युनिष्ट पार्टीका सदस्यहरु कुनै न कुनै कमिटीमा आबद्ध हुनैपर्छ भन्ने लेलिनवादी संगठनात्मक सिद्धान्तलाई नवगठित नेपाल कम्युनिष्ट पार्टी नेकपाले बिर्सिएको सो पार्टीका नेता कार्यकर्ताले गुनासो गर्ने गरेका छन् ।

नेकपाका एक नेताले भने पार्टीको केन्द्रीय कमिटी बाहेक अरु कुनै कमिटी छैन त्यसैले नेता कार्यकर्ता फुर्सदिला भएका छन् । कम्युनिष्टहरुले आफ्नो नामको पछाडि लेलिनवादी समेत राख्ने गर्दै आएका थिए ।

दुई कम्युनिष्ट पार्टीको एकतासँगै पार्टीको पछाडि लेलिनवाद पनि हटेको छ । लेलिनवाद हटेसँगै लेलिनवादी संगठनात्मक संरचना पनि समाप्त भएको उनको दाबी छ । 

अहिले नेकपामा विधि र पद्धतिबाट कमिटीका सदस्य चयन गर्ने भन्दा नेतृत्वले आफू निकटका व्यक्ति वा आफ्नो गुटका मात्र व्यक्तिलाई कमिटीमा राख्ने गरेकोले अरु ठूलो संख्याका नेता कार्यकर्ता निस्क्रिय भइरहेको पनि बुझिएको छ, नेपालीपत्रमा उल्लेख छ ।

दुई पार्टीका तल्ला कमिटीलाई एकता प्रकृयामा अगाडि बढाउने भन्दै विभिन्न कमिटीहरु बनाईए पनि ती आयोग वा कमिटीका सदस्यले आफू निकटकालाई मात्र सम्पर्क र परिचालन गर्ने अरुलाई नसम्पर्क गर्ने र पार्टी भित्र जिम्मेवारी दिने जस्ता काम गरेकोले पार्टीको एउटा ठूलो पंक्ति अहिले निस्क्रिर्य भएको बुझिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan