Sunday 18th of November | २०७५ मङ्सिर २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साइपाल बास्केटबल भोलिदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १ शुक्रबार |
newsabhiyan

काठमाडौं, १ असार । साइपाल एकेडेमीको आयोजनामा पाँचौं साइपाल थ्री अन थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।

प्रतियोगिताअन्तर्गत ब्वाइजमा ४८ र गल्र्समा २४ टिमको सहभागिता रहने साइपालका प्रिन्सिपल सुमन नगरकोटीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगिताको ब्वाइज र गल्र्समा ‘मोस्ट भेलुएबल प्लेयर’ बन्ने खेलाडीलाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने प्रतियोगिता संयोजक विनोद क्षेत्रीले बताए ।

ब्वाइजमा ग्रेट माया र गल्र्समा लुम्बिनी डिफेन्डिङ च्याम्पियन हुन् । आइतबारसम्म चल्ने प्रतियोगिताका खेलहरु धुम्बाराहीस्थित साइपालकै कोर्टमा खेलाइने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan