Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आजदेखी ‘टोल–टोलमा प्रहरी’ सेवा अभियान सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २ शनिबार | प्रनिश थापा
newsabhiyan
newsabhiyan

 चितवन , ३ असार । जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउन नेपाल प्रहरीले आज देखी ‘टोल–टोलमा प्रहरी’ सेवा अभियान सुरु गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार चितवन प्रहरीले समेत छलफलको कार्यक्रम आयोजना गरी शनिबारदेखि अभियानको सुरुवात गरेको छ ।

पहिलो चरणमा जिल्ला सदरमुकामस्थित स्थानीय तहका सबै वडाहरुमा टोल विभाजन गरी 'टोल टोलमा प्रहरी अभियान' को सेवाा संचालन गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक शुशील सिंह राठौरले जानकारी दिनुभयो ।

उहाँले चितवनको भरतपुर महानगरपालिका भएकाले वडाहरु भित्रको टोल विभाजन गर्दा भरतपुर महानगरपालिकाका वडालाई पाँच टोलमा विभाजन गरिने बताउनुुुभयो ।

टोल टोलमा प्रहरी अभियान कार्यक्रम संचालनका लागी सामुदायिक प्रहरी शाखा बाट सामुदायिक प्रहरीहरु संचालन गर्ने र सामुदायिक प्रहरीलाई कार्यालय पोसाकमा कार्य क्षेत्रमा पठाईने उहाँको भनाइ छ ।

स्थानीय निकाय र टोल विकास संस्थाहरुसंग छलफल गरी प्रभावकारी ढंगले अघि बढाईने साथै जिल्लामा पछिल्लो समय चोरीका घटनाहरु केही बढ्न थालेकोले यसमा निगरानी बढाईएको त्यस्को लागी एक प्रहरी, एक टोलको व्यवस्था रहने
राठौर बताउनुहुन्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan