Saturday 21st of July | २०७५ श्रावण ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्रेड युनियनमा पौडेल समुहका आचार्यको प्यानलै विजयी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ३ आइतबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, असार ३, काठमाडौं । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको छैटौ महाधिवेशनबाट पुस्कर आचार्यको प्यानल विजयी भएको छ ।

नेपाली कांग्रेसनिकट मजदुर संगठनको अध्यक्षसहित आचार्यको प्यानल विजयी भएको हो ।

छैटौं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि आचार्य र खिलानाथ दाहाल प्यानलसहित निर्वाचनमा होमिएका थिए ।

आचार्यको प्यानललाई रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको समर्थन थियो । निवर्तमान अध्यक्ष दाहाल समूहलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन थियो ।

कांग्रेस भातृ संगठनमा देउवा पक्षको यो लगातार अर्को हार हो । यसअघि कर्मचारी, शिक्षक, इञ्जिनियरिङ संगठनमा पनि देउवा पक्ष पराजित भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan