Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भातृसंगठनमा देउवा पक्षका उम्मेदवार हार्नुलाई गम्भीरतापूर्वक लिनुपर्छ : नेता लेखक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ३ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ असार । नेपाली कांग्रेसनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसमा पुष्कर आचार्यको प्यानल विजयी भएको छ ।

छैटौं महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि आचार्य र खिलानाथ दाहाल प्यानलसहित निर्वाचनमा होमिएका थिए ।

आचार्यको प्यानललाई रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला अर्जुननरसिंह केसी लगायतको समर्थन थियो भने निवर्तमान अध्यक्ष दाहाल समूहलाई पार्टी सभापति शेरबहादुर देउवा समूहको समर्थन थियो ।

भ्रातृ तथा शुभेच्छुुक संगठनहरूमा देउवा पक्षको यो अर्को हार हो । यसअघि कर्मचारी, शिक्षक, इञ्जिनियरिङ संगठनमा पनि देउवा पक्ष पराजित भएको थियो ।

देउवा पक्षका नेता रमेश लेखकले कसले हार्यो वा कसले जित्यो भन्नुभन्दा पनि देउवाको पालामा शुभेच्छुक संस्थाहरुको चुनाव हुनु महत्वपूर्ण भएको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्वको चयन हुनु नै सभापति देउवाको सफलता भएको बताए ।

“को जित्यो को होर्यो भन्दा पनि अधिवेशनहरु लोकतान्त्रिक प्रक्रियाअनुसार भएका छन् । त्यो नै महत्वपूर्ण हो । जित हार त स्वभाविक हो ।” लेखकले भने ।

तर पछिल्लो समय देउवा निकट व्यक्तिहरु पराजित हुनुलाई गम्भीरतापूर्वक लिनुपर्ने लेखकले बताए । “लगातार तीन वटा संगठनमा देउवा निकट उम्मेदवारले हारेको विषयमा पनि विश्लेषण भएको छ । यो पाटोलाई पनि गम्भीरतापूर्वक हेर्नुपर्छ । सचेतनापूर्वक अगाडि अडाउनुपर्छ ।” लेखकले भने । यद्यपी भातृ संगठनमा भएको हारजितका आधारमा समग्र मूल्याङ्कन गर्न नहुने लेखकको तर्क छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan