Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘नेकपा’को पहिलो बैठक नै बहिष्कार, को-को गएनन् बैठकमा ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ४ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ असार । २०७५ असार २ गते शनिबार नेकपाको पहिलो स्थायी समितिको बैठक त्यति सुखद् हुन नसकेको खबर छ । केही नेताहरू नै अनुपस्थित भएभने केही नेताहरूले चर्को आलोचना गरे ।

नेताहरूले आफ्नो वरीयताप्रति असहमति जनाउँदै अमृतकुमार बोहरा र अमिक शेरचन असन्तुष्ट रहेका छन् । 

असार २ गतेको बैठकमा अमिक शेरचन भने उपस्थिति भएनन् । उनीहरूलाई नेकपाले आमन्त्रित स्थायी समिति बनाएको छ । यो पदप्रति उनीहरू पहिला नै रुष्ट त थिए तर यसरी बैठक नै बहिस्कार गर्लान् भन्ने अनुमान थिएन ।

तर, नेकपामा सबैभन्दा बढी पेलानमा परेका भने नेता बोहरा हुन् । बोहराका श्रीमान् र श्रीमती नै पेलानमा परेको गुनासो छ ।

वास्तवमा अष्टलक्ष्मी शाक्य प्रदेश ३ को इञ्चार्ज भएकाले मुख्यमन्त्रीको दावेदार थिइन् ।

शाक्यलाई पार्टीका शीर्ष नेताहरूले साथ दिएनन् जसले गर्दा उनी झिनो मतान्तरले संसदीय दलको नेता निर्वाचित हुन सकिनन् र मुख्यमन्त्रीको पद गुम्यो । साँघु साप्ताहिकले समाचार छापेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan