Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्राईम लाईफद्धारा मृत्यु दावी रकम हस्तान्तरण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ४ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ असार । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही २०७५ आषाढ २ गते शनिबार कम्पनीको महेन्द्रनगर शाखा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी भिमदत्तनगर – १४ वडैपुरका मृतक यस कम्पनीका विमित भुवन पन्तका बुवा भवानीदत्त पन्तलाई जीवन बीमा रकम (दुर्घटना लाभ सहित) एकमुष्ट ७३ लाख ६६ हजार पाँच सय रुपैयाँको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले हस्तान्तरण गर्नुभएको छ ।

बीमित भुवन पन्तकोे मिती २०७५ बैशाख २१ गते महेन्द्रनगर देखि नेपालगञ्ज जानेक्रममा बर्दियामा जीप दुर्घटनामा परि मृत्यु भएको थियो । विमित पन्तले बिमाङ्क ४१ लाखको बीमा गरेका थिए र सोको लागी पहिलो किस्ता बापत रु. १,४५,३८५।– बीमा शुल्क तिरेका गरेका थिए ।

उक्त कार्यक्रममा बीमितका आफन्त, कम्पनीका प्रतिनिधी एवं वीमा अभिकर्ताहरmको समेत सहभागिता रहेको थियो ।

यसरी जीवन बीमा गरेका वीमितको आकस्मिक मृत्यु भएका वखत जीवन बीमा कम्पनीले दावि भुक्तानी गरि निजको परिवारलाई आर्थिक राहत पुगेको भनि उपस्थित व्यक्तिहरmले कम्पनीको छिटा ेछरितो दावी फछ्यौटको लागि धन्यवाद समेत दिएको कम्पनीले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan