Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रादेशिक विश्वविद्यालय सञ्चालन गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ४ सोमबार | (रासस)
newsabhiyan

बाबियाचौर, म्याग्दी, ४ असार । प्रदेश नं ४ मा प्रादेशिक विश्वविद्यालय र प्राविधिक महाविद्यालय सञ्चालन हुने भएको छ ।

सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय र महाविद्यालय स्थापनाका लागि सरोकारवालासँग सुझाव संकलन शुरु गरेको छ ।

प्राध्यापक डा गणेशमान गुरुङको संयोजकत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले विश्वविद्यालय र महाविद्यालयको सम्भाव्यता अध्ययन शुरु गरेको हो ।

गत जेठ १८ गते मन्त्रालयको निर्णय अनुसार गठन भएको कार्यदलले जेठ २४ गतेदेखि विभिन्न जिल्लामा सुझाव संकलन लिने काम गर्दैआएको छ ।

विकासका लागि दक्ष, सक्षम र योग्य जनशक्ति तयार पार्ने उद्देश्यले स्थापना हुन लागेको प्रादेशिक विश्वविद्यालय र महाविद्यालयको आवश्यकता, यसको फाइदा, सम्भावना र चुनौतीको विषयमा जनप्रतिनिधि, निजी क्षेत्र तथा वुिद्धजिविसँग छलफल गरिरहेको कार्यदलकी सदस्य दिवाकुमारी पुनले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan