Sunday 22nd of July | २०७५ श्रावण ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

केएफसीका संचालकले अवैध करछली गरेको भन्दै उजुरी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ४ सोमबार |
newsabhiyan
newsabhiyan

पवित्र शर्मा, काठमाडौं । उपत्यकाको विभिन्न सपिंग कम्लेक्सहरुमा संचालनमा रहेको एक रेष्टुरेण्टका संचालनकले अवैध रुपमा आम्दानी गरेको भन्दै सरकारको विभिन्न निकायमा उजुरी परेको खुलासा भएको छ ।

अन्तराष्ट्र्यि ब्राण्डको रुपमा स्थापित रहेको केएफसीको हुबहु (मिल्दो किसिमको) लोगो चोरी गरि संचालनमा रहेको सो रेष्टुरेण्टले आम उपभोक्तालाई झुक्याएर ठगी मात्र गरेको छैन् राजश्व समेत छली गरि अंकुत रुपमा अवैध आम्दानी गरेको भन्दै राष्ट भक्त नागरिकका नामबाट उजुरी दर्ता भएको फेला परेको छ ।

सो केकेएफसीका संचालक रंजितकुमार साहले चुस्की हट एण्ड जुसी इन्टरप्राइजेज नामक कम्पनी दर्ता गरि केकएफसी भन्दै केएफसी ब्राण्डको ग्राहक टान्ने रणनीति बनाइएको बताइएको छ ।

साहले विभिन्न मलहरुको संचालान गरेको सो रेष्टुरेण्टको कर छली गरि अंकुत आम्दानी गरेकोले छानविनको माग गर्दै उक्त उजुरी परेको बताइएको छ ।

यसै विषयमा थप प्रतिकृयाका लागि सो इन्टरप्राइजेजका संचालक साहलाई प्रतिकृयाको लागि सम्पर्क गर्दा पछि कुरा गरौंला भन्दै सम्पर्क विहिन भएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan