Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सनातन धर्मको रक्षा अहिलेको आवश्यकता : साँसद रिता माझी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ६ बुधबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan


रामेछाप, असार ६, जय शिव शम्भु सेवा समाजले निर्माण गर्न लागेको श्री गणेश मन्दिर शिलान्यास कार्यक्रम प्रदेश नं. ३ का साँसद रिता माझीले सनातन धर्मको रक्षा अहिलेको आवश्यकता रहेको वताउनु भएको छ ।


साँसद माझीले नेपालमा हाल धर्मनिरपेक्षताको नाममा विशेष गरि आदिवासी जनजाति, दलित र गरिब समुदायमा गराईदै आएको धर्मान्तरणले नेपाली पहिचान नै खतरामा परिरहेको अवस्थामा सनातन धर्मको रक्षार्थ श्री गणेश मन्दिर निर्माण हुन लाग्नु सुखद रहेको वताउँदै हिन्दु धर्म नै सवै धर्मको अस्तित्व, सहिष्णुता कायम गर्न सक्ने भन्नुभयो ।
धार्मिक माता तथा स्थानीयहरुको उपस्थितिमा साँसद रिता माझीले मन्दिरको शिलान्यास गर्नु भएको हो ।  रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका वडा नं. ३, डब्खामा निर्माण गर्न लागिएको श्री गणेशको मन्दिर खाँडादेवि गाउँपालिका र महायज्ञबाट प्राप्त सहयोगबाट निर्माण गर्न लागिएको अध्यक्ष इन्द्रमाया माझीले बताउनु भयो ।


मन्दिर निर्माणको लागि आवश्यक बजेट नभएको तर सबैको साथ र सहयोग हुनेमा विश्वस्त रहेको ईन्द्रमाया माझीले बताउनु भयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan