Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेकपाको तल्ला कमिटी एकताले गति लिएन, कार्यदलको बैठकसमेत बसेन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ६ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कोे तल्ला पार्टी कमिटीहरूको एकता प्रक्रियाले गति लिन सकेको छैन । एकताका लागि भन्दै सातै प्रदेशसहित प्रवासको कार्यदल बनाए पनि कतिपय कार्यदलको बैठकसमेत बस्न सकेको छैन । 

तीनवटा प्रदेश र प्रवास कार्यदलको मात्रै बैठक बसेको छ । सबै कार्यदलमा चार–चार सदस्य छन् । प्रदेश कार्यदललाई पार्टी र जनवर्गीय संगठनको प्रदेश कमिटी, जिल्ला कमिटीको तथ्यांक संकलन गरी केन्द्रीय सचिवालयमा बुझाउनुपर्ने जिम्मा छ ।

तत्कालीन एमाले र माओवादी केन्द्र एक भएर नेकपा गठन भएपछि प्रदेश र जिल्लामा राख्ने नेता, पार्टी क्रियाशील सदस्य र पार्टी कार्यालयको व्यवस्था गर्नुपर्नेछ ।

नयाँ बन्ने प्रदेश कमिटी बढीमा एक सय ७५ सदस्यीय र जिल्ला कमिटी एक सय २५ सदस्यीय राख्ने निर्णय भइसकेको छ । तत्कालीन दुवै पार्टीका संगठनलाई समायोजन गर्दै प्रदेश र जिल्ला कमिटीमा अध्यक्ष, सचिव र सचिवालय बनाउनुपर्नेछ ।

नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले पार्टी तथा जनवर्गीय संगठनको प्रदेश कमिटी, जिल्ला कमिटीको तथ्यांक संकलन गरी केन्द्रीय सचिवालयमा बुझाउन १५ दिनको म्याद तोकेर ७ जेठमा निर्देशन दिएका थिए ।

तर, म्याद सकिएको १५ दिन बितिसक्दा पनि अधिकांश कार्यदलको औपचारिक बैठकसमेत बस्न नसक्दा एकता प्रक्रिया अघि बढ्न सकेको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan