Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गृह मन्त्री ज्यू के हो कुरो ? आफ्ना पठाउन नौ महिनामै सरुवा, नक्कली डीएसपीको मिटर ब्याजी काम

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ६ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ असार । यातायात सिण्डिकेटको जालो तोडेर हाइहाइ भएका गृहमन्त्री रामबहादुर थापा बादल प्रहरीको सरुवा बढुवामा भने चुकेका छन् ।

प्रहरीका सरुवा तथा बढुवाको सम्पूर्ण डिल गृहमन्त्री थापाका छोरा प्रतीकले गर्ने भएकाले प्रहरी संगठनभित्र भने छोराका कारण मन्त्री बदनाम हुँदै गएका छन् ।

इन्सपेक्टर तथा डीएसपी बढुवामा व्यावसायिक अधिकृतलाई भन्दा चाकडीवाज र नेताका आसेपासेलाई प्रश्रय दिइएको भन्दै आलोचना भइरहेका बेला गृहमन्त्री थापाले आफू निकटस्थहरुलाई माल अड्डामा पठाउन नौ महिनामै सरुवामा हात हालेपछि उनको तीब्र आलोचना सुरु भएको छ ।

एकचोटि नयाँ ठाउँ पठाइसकेपछि कम्तीमा पनि एक वर्ष काम गर्न दिनुपर्नेमा नौ महिनामै सरुवा गरिएको छ । पटक पटक अवसर पाएका डीएसपी सन्तोष तामाङलाई कमाइ हुने नाका रसुवा लैजान गृहमन्त्री थापाले त्यहाँ कार्यरत डीएसपीको नौ महिनामै सरुवा गराएका छन् ।

पहिला गौशालाको इन्सपेक्टर हुँदा पनि कांग्रेसको चाकडी गरेर धेरै कुम्ल्याएको बताइन्छ । पहिलोचोटि केपी ओली प्रधानमन्त्री हुँदा २०७२ सालमा उनी झापा घर भएको नाता लगाएर ओलीको पीएसओ भएका थिए । ओलीकै सोर्स लगाएर उनी बालाजु वृत्तको डीएसपी भए ।

अहिले बादलसँग निकट सम्बन्ध बनाएर उनी रसुवा नाकाम पुगेका छन् । सुनदेखि  नुनसम्म आउने यो नाका धेरै कमाइ हुने अड्डाअन्तर्गत पर्छ । त्यहाँ जान उनले राम्रै रकम गृहमन्त्रीको परिवारलाई बुझाएको चर्चा छ । रसुवाका डीएसपी शरदकुमारा थापा क्षत्रीलाई नौ महिनामै तानिएको छ ।

उनी पहिले प्रचण्डको पीएसओ हुन् । योगेन्द्रसिंह थापालाई पनि नौ महिनामै फालेर महाराजगन्ज वृत्तमा कमान्ड नै नभएका भेषराज रिजाललाई लगिएको छ । इन्चार्ज पाएको डीएसपीलाई बिनाआधार नौ महिनामै फाल्दा यसले गलत सन्देश दिएको छ ।

नक्कली डीएसपीको मिटर ब्याजी काम
प्रहरीमा अवकाश प्राप्त एक व्यक्तिले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर जागिर खाएको मात्र होइन, छानबिन प्रक्रिया सुरु भएपछि सेटिङ मिलाएर १६ लाख रुपैयाँ राज्यकोषबाट लिएको भन्दै उजुरी परेको छ ।

२०५१ सालतिर सेवा प्रवेश गरेका राजेन्द्रकुमार सिटौलाले २०५६ मा असईमा पुनः नाम निकाली सेवा गर्दै आएका थिए । उनको शैक्षिक प्रमाणपत्र मित्रराष्ट्र भारतबाट खरिद गरी ल्याएको र नक्कली भएको प्रमाणित भएसँग कारबाही अघि नै उनले राजीनामा दिएर जागिर छाडेका थिए ।

छानबिनको क्रममा दोषी प्रमाणित हुने डरले त्यसअघि नै राजीनामा दिई राजीनामा स्वीकृत  गरिएका सिटौलाले करिब १६ लाख रुपैयाँ सुविधा लिएको आरोप छ ।

सो रकम राज्यको बाँकी असुलीमा राखी निजले खाइपाइ लागेको रकम राज्यकोषमा दाखिल गराउन भन्दै गृह मन्त्रालयमा उजुरी परेको छ ।

सो उजुरीपत्रको प्रतिलिपिमा १६ वर्ष सेवामा कार्यरत हुँदा सिटौलाले उपदान र पेन्सनलगायत विभिन्न सुविधा लिएको र सो लिएको सुविधाको आधा रकम प्रक्रिया मिलाउने कर्मचारीहरुलाई समेत खुवाएको आरोप लगाइएको छ ।

त्यस्ता व्यक्तिहरुले खाइपाइ आएको रकम फिर्ता गरी तीन वर्ष कैद गुर्नपर्ने प्रावधान भए पनि उल्टो समाजमा आफू भूपू र पेन्सनवाला डीएसपी भन्दै भ्रम छर्दै हिँडेकोमा आश्चर्य प्रकट गर्दै छानबिनका लागि अनुरोध गरिएको छ ।

अवकाशपछि उनी अहिले गोंगबुमा समुन्द्रदेवी बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्छन् । उनलाई निष्पक्ष छानबिन गरी नक्कली शैक्षिक प्रमाणपत्रबाट प्राप्त गरेका तलब, राशन, भत्ता र खाइपाइ आएका सबै सुविधासमेत असुल गरी पक्रिएर अनुसन्धान गर्न माग गरिएको छ ।

नुवाकोट रालुकाका सागर विद्रोहीले दर्ता गराएको सो उजुरीको बोधर्थ प्रधानमनत्री कार्यालय, प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महानगरीय प्रहरी आयुक्तको कार्यालय, महानगरीय प्रहरी परिसर र राष्ट्रिय सतर्कता केन्द्रमा दिइएको छ ।

उक्त कार्य भ्रष्टाचारजन्य कार्य भएको दाबी गर्दै निवेदकले आफू देशभक्त नागरिक भन्दै निजले खाइपाइ आएको रकम तलब, भत्ता, राशन एवं अन्य सुविधाको रकम असुल गर्न अनुरोध गरिएको छ । यता, उक्त सहकारी संस्था पारिवारिक घेराभित्र रहेको थाहा भएको छ ।

संस्थाको नाममा विभिन्न मिटर ब्याजमा ऋणहरु प्रवाह गर्ने र संस्थाको रकम अन्यत्र लगानी गर्ने गरेको भन्दै गुनासो बढेको छ,  बुधबारमा उल्लेख छ ।

संस्थाका सञ्चालक राजेन्द्रका दाई हेमन्ता सिटौला छन् भने सिटौलाका ज्वाइ विष्णु अधिकारी व्यवस्थापक रहेका छन् ।

यता सिटौलाले आफूले सहकारी संस्था नियमानुसार चलाएको र सरकारी बाँकी कुनै नखाएको तथा आफूा निर्दोष भएको बताएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan