Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरी महानिरीक्षक खनालबाट संयुक्त राष्ट्रसंघीय उच्च पदस्थ पदाधिकारीहरूसँग शिष्टाचार भेट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ६ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ असार ।संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलन २०१८ मा सहभागी हुन अमेरिकाको न्यूयोर्कमा पुग्नुभएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त राष्ट्र संघको प्रधान कार्यालय, राष्ट्र संघका शान्ति मिसन हेर्ने उपमहासचिव Jean Pierre Lacroix, कानुनी शासन हेर्ने सहायक महासचिव Alexander Zouev तथा राष्ट्र संघका प्रहरी विभाग प्रमुख प्रहरी सल्लाहकार Luis Carrilho, प्रहरी उपप्रमुख Shaowen Yang एवं राष्ट्र संघीय प्रहरी भर्ना छनौट महाशाखाका प्रमुख Ata Yenigun, FPU Coordinator Victor Hernandez, SAAT Coordinator Eyas Mahaden लगायतका उच्च पदस्थ पदाधिकारीहरूसँग मंगलबार शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा राष्ट्र संघीय उच्च पदस्थ पदाधिकारीहरूबाट नेपालले राष्ट्र संघलाई पुर्याएको योगदानको प्रशंसा गर्नुका साथै आगामी दिनमा सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले नेपालले लामो समयदेखि संयुक्त राष्ट्र संघको आव्हानमा द्वन्द्व पछिका विभिन्न संकटग्रस्त मुलुकहरूमा शान्ति स्थापनामा सहयोग गर्ने आफ्नो उत्तरदायित्वलाई ईमान्दारीपूर्वक पुरा गर्दै आएको, मुलुकको कानून कार्यान्वयन गर्ने प्रमुख संस्था नेपाल प्रहरीले आफ्ना अत्यन्त व्यवसायी, अनुभवी, सीप तथा क्षमतायुक्त प्रहरी कर्मचारीहरूलाई Individual Police Officer, Formed Police Unit (FPU) तथा राष्ट्र संघको प्रधान कार्यालय तथा फिल्ड मिशनहरूमा खटाएर विश्व शान्ति, द्वन्द्व पछि तहसनहस भएका प्रहरी संगठनहरूको निर्माण एवं पुनर्निर्माण, तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम, घरेलु एवं लैंगिक हिंसाका घटनाको न्यूनिकरण र नियन्त्रण, नागरिकको संरक्षण, अन्तर्देशीय अपराध तथा आतंकवाद नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्याउँदै आएको उल्लेख गर्नुभयो । आगामी दिनमा यस्तो सहयोगको निरन्तरता रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

भेटका अवसरमा संयुक्त राष्ट्र संघका महासचिवको कार्ययोजना अनुसार सन् २०२० सम्ममा राष्ट्र संघमा महिला सहभागितालाई २० प्रतिशत पुर्याउने लक्ष्य रहेको हुँदा सदस्य राष्ट्रहरूले आ-आफ्नो भर्ना प्रणालीमा तद्अनुरुप मिलाई महिला प्रहरी संख्या बढाउनुपर्ने सुझाव राष्ट्र संघका पदाधिकारीहरूले दिनुभएको थियो ।

यस प्रसङ्गमा प्रहरी महानिरीक्षक खनालले संयुक्त राष्ट्र संघको आवश्यकता अनुसार प्रहरी कर्मचारी भर्नामा महिला सहभागिता समेत बढाउने उद्देश्यले सकारात्मक पहल थालिएको र मिसनमा बढी भन्दा बढी महिला सहभागिता गराउन तयारी समेत गरिएको जानकारी दिनुभएको थियो ।

नेपालमा फ्रेन्च भाषाको सीपलाई महत्व दिई त्यसमा तालिम प्रदान गर्न सुरुवात गरिएको सम्बन्धमा समेत सोही अवसरमा उहाँले जानकारी गराउनुभएको थियो । प्रहरी महानिरीक्षक खनाल बुधबारदेखि सुरू हुने उक्त सम्मेलनमा सहभागी हुन असार ३ गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan