Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सन्राइज बैंकद्धारा मिसकल बैकिङ्ग सेवाको शुभारम्भ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ६ बुधबार |
newsabhiyan

काठमाडौं, ६ असार । सन्राइज बैंक लिमिटेडले आफ्नो स्थापनाकाल देखिनै आफ्ना ग्राहकवर्गलाई सरल एवं सहज रुपमा विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलव्ध गराउदै आइरहेको सन्र्दभमा बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखि मिसकल बैकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

यस सेवा अन्र्तगत आफुलाई आवश्यक परेको बैंकिङ्ग सुविधाहरु लिनको लागि बैंकले तोकेका निम्न नम्वरहरुमा मिसकल गरी प्राप्त गर्न सकिनेछ ।

जसमा ९८५११४७२७३ नं. मा मिसकल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी, ९८५१११७२७२नं. मा मिसकल गरी रु. १०० बरावरको मोवाईलमा रिचार्ज (टपअप) गर्ने सुविधा, ९८५१११७२७५नं. मा मिसकल गरी खाताको अन्तिम ४ वटा कारोवारको जानकारी र ९८५११८७२७४ नं. मा मिसकल गरी बैंकले प्रदान गर्ने विभिन्न सुविधाको बारेमा जानकारी लिन सकिन्छ । 

उल्लेखित सुविधा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाइल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्राहकहरुसँग SMART PHONE नभएता पनि उक्त सेवा लिन सकिने छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan