Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बजेटमा सत्तापक्षकै सांसदको असन्तुष्टि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ७ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ असार । अहिले प्रतिनिधिसभामा आर्थिक बर्ष ०७५÷७६ को बजेटमा अहिले अलि फरक प्रसंग देखियो । संसद् बोल्ने सत्तारूढ दलका सांसदले बजेटमाथि आलोचना गर्ने क्रममा प्रयोग गरेको भाषानै नसुहाउने र अपत्यारिलो थियो ।

त्यसले सभामुखलाई केहि दिन बजेट सम्वन्धि छलफलको मिति सार्न बाध्य बनाएको छ । सत्तारुढ दलका सांसदहरुले नै तालुकवाला मन्त्री र ठूला नेताको दबाबमा विकास योजनामा रकम विनियोजन गरिएको आरोप लगाइरहेका छन् ।

पहुँच कम भएका सांसदका निर्वाचन क्षेत्रलाई बजेटले उपेक्षा गरेको भन्दै उनीहरुले आफ्नो असन्तुष्टि संसदमै पेश गरे । उनीहरुको असन्तुष्टि यति थियो कि उनीहरुको बोलाई  नीति निर्माणको मुख्य थलो प्रतिनिधिसभामा हो या या सडकमा अरूलाई रमिता देखाउन हो छुट्टयाउन गाह्रो थियो ।

मन्त्री र पहुँचवाला नेताले बजेट या योजना फिक्सिङ गरेको आरोप लगाउदै सांसदहरुले त्यस्ता मन्त्रीहरुलाई जेल हाल्नुपर्ने बताए । बजेटको बचाउ गर्नुपर्ने सत्तारूढ दलका सांसदले नै चर्को आलोचना गर्न थालेपछि सत्तापक्षले आत्तिएर बैंठक सार्न सभामुखलाई हारगुहार गर्यो ।

यसले संसद् र सांसदसहित सरकारको कार्यशैलीबारे सार्वजनिक रूपमा प्रश्न उठ्न थालेको छ । अव आम नागरिकको मनमा सत्तामा पुगेपछि पार्टीलाई समेत विर्सन्छन र आत्मकेन्द्रित हुन्छन । आफ्नो स्वार्थका लागि मात्रै काम गर्छन भन्ने पाठ सिकाएको छ ।

बजेट विनियोजन गर्दा संघीय संसद्ले वडास्तरका कार्यक्रममा समेत बजेट आफैँ बा“डेर, सांसदलाई प्रतिसांसद चार करोडका दरले विकास बजेट दिएर, प्रदेश, स्थानीय तथा संघीय सरकारले गर्ने कामबीच विभाजनको रेखा अर्थमन्त्रीले कोरेका छन् । यसले पक्कै पनि राम्रो सन्देश दिदैन ।

यसरी संघीय सरकारले वडास्तरका कार्यक्रमका लागि बजेट विनियोजन गर्न थालेपछि स्थानीय तहको कार्यक्षेत्र मिचिन्छ, प्राथमिकता गोलमालमा पर्छ र कुनै गुरुयोजनामा स्थानीय तहले काम गर्न पाउ“दैनन् । त्यसको घाटा राज्यलाई हुन्छ, त्यो सरकारले बुझ्न सकिरहेको छैन ।

बजेटले नेपालको संविधानले परिकल्पना गरेका तीन तहको सरकार रहने संघीय प्रणालीलाई कमजोर बनाउने प्रयास गरेको छ । बजेटको मुख्य निहितार्थ स्थानीय र प्रदेश सरकारलाई कमजोर बनाउनु नै रहेको देखिन्छ । सांसदले उठाउनुपर्ने मुख्य प्रश्न सरकारको दृृष्टिकोणमाथि थियो ।

तर, सत्तारूढ दलका सांसद त आफ्नो निर्वाचन क्षेत्र केन्द्रित भएर झगडा गर्न तम्सिए । त्यसले अर्थमन्त्रीको गलत कामलाई सहयोग पुग्छ भन्ने विषयलाई भुले । सांसदहरू यो बोलाई अहिलेको प्रश्नको समाधान होइन । घुमाएर शक्तिजति केन्द्रमै राख्ने प्रपञ्चलाई सांसदको गर्जनले थप मद्दत पुर्याएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan