Sunday 22nd of July | २०७५ श्रावण ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डा. देवकोटाको क्रियाघरमा हिन्दु जागरण नेपालको पत्र ( भित्रि कुरो यस्तो)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ७ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,७ असार । स्व. डा. उपेन्द्र देवकोटाको क्रियाकर्म चलिरहेको स्थान काठमाडौं स्थित गोल्फुटारमा हिन्दु जागरण नेपालको पत्र पुगेको छ  ।

डा.देवकोटाको ७ दिनमै क्रिया सक्ने खबर सुने पछि शास्त्रीय र लोकमर्यादा अनुरुप अन्त्येष्टि कार्य सम्पन्न गर्न देवकोटा परिवारलाई अनुरोध गर्न हिन्दु जागरण नेपालको एक समुह क्रिया बसेकै स्थानमा पत्र सहित पुगेको हो ।

पत्र अरु कुनै कुराको स्वार्थ नभई धार्मीक संस्कृतीको संरक्षण गर्नुनै रहेको देखिन्छ । अथक परिश्रमात्मक अध्ययन र प्रयोग गरेर धेरैको जीउ र धनको रक्षा गरि अरुको अपाङ्ग जीवनलाई सर्वाङ्ग तुल्याउन अन्तिम घडी सम्म लागिरहने यस्ता महान् आत्मा स्वर्गीय डा उपेन्द्र देवकोटाको परलोकको यात्राको शुभारम्भ गर्न पारलौकिक शरीर बन्नमा बाधा नतुल्याई जे जस्तो पारम्परिकरुपमा १३ दिने अन्त्येष्टि कर्म गरिँदै आएको छ त्यहि तरिकाले नै गर्न हुन परिवार आफन्त तथा नातागोता एवं सहृदयी सज्जनहरुलाई विनम्र अनुरोध छ भन्दै एक पत्र आज हिन्दु जागरण नेपालले पुर्याएको छ ।

संस्थाका अध्यक्ष रामकृष्ण उपाध्यायले काटेको उक्त पत्रको आसय धर्म संस्कृतीको जर्गेना गर्नुनै हाम्रो दायित्व रहेको खुलाइएको छ ।
 

यस्तो छ पत्र
शास्त्रीय र लोकमर्यादा अनुरुप अन्त्येष्टि कार्य सम्पन्न गर्न देवकोटा परिवारलाई अनुरोध

नेपालको मौलिक धर्म, संस्कार, संस्कृति परम्पराको संरक्षणको लागि गठित हिन्दू जागरण नेपालले विविध गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराउँदछु ।

श्रुति, युक्ति र अनुभूतिको आधारमा परापूर्वकाल देखि चल्दै आएको शास्त्रीय मर्यादा अनुरुप लौकिक मर्यादा, परम्परा, धार्मिक गतिविधि आदिको संरक्षण, संम्वर्धन, पालन र सञ्चालन गर्नु गराउनु हामी सनातन धर्मावलम्बीहरुको दायित्व हुन जान्छ । यस अनुरुप आचरण गर्नु नै सनातनी हुनु हो । सबैको संस्कार र संस्कृति प्रति समानता, सद्भाव र स्नेह प्रदान गर्ने आदर्श उदार चरितानां तु वसुधैव कुटुम्बकम् तथा सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत् हो ।

यो आदर्शलाई आधुनिकताको नाममा पूर्वापर प्रसङ्गको गहन अनुशीलन नगरी उपन्यासीय हिसाबले शास्त्रका केही शब्दावली संकलन गरेर शास्त्रका अनभिज्ञ जनताहरुको अगाडी यहि नै शास्त्रीय वचन हो र यहि प्रमाण हो भनेर पर्याप्त भ्रम गराई धर्मभ्रष्ट, कर्मभ्रष्ट, परम्पराभ्रष्ट, संस्कारभ्रष्ट, आचारभ्रष्ट गराई विचारभ्रष्टताको पराकाष्ठामा पुर्याई स्वत्वमाथि घृणा र द्वेष जगाएर स्वत्वको पहिचान गुमाउन लगाएर आयातित पन्थको अनुगामी बनाउने भयानक कूटनैतिक चलखेल नेपालमा पर्याप्त भईरहेको देख्न र सुन्न पाईन्छ ।

परम्परा, धर्म, संस्कार, भाषा र संस्कृति देखि जनतालाई भ्रष्ट बनाए पछि देशको स्वतन्त्र विचार नै हुन पाउँदैन र स्वतन्त्र विचार नभएको देशलाई अरुले आप्mनो विचार उत्कृष्ट हो भन्दै आप्mनो विचार लादेर गुलाम बनाउने षडयन्त्र स्वरुप यस्ता कार्यहरु दिनानुदिन बढ्दै गएको देखिन्छ । यस विषयमा राज्य र सामान्य जनता अनभिज्ञ नै छन् ।

तसर्थ यहि षडयन्त्रस्वरुप हाल पूर्वकालदेखि चलिआएको शास्त्रीय र लोकमर्यादा अनुरुप १३ दिने अन्त्येष्टि क्रियाकर्मलाई घटाउने कुरालाई व्यापक विज्ञापन गराई केही विद्वान्हरुको सरलतालाई प्रयोग गरि उहाँहरुको अनुमोदन लिएको जस्तो गरेर छलपूर्वक कहिले ३ दिने, कहिले ५ दिने र कहिले ७ दिने क्रिया गर्दा हुन्छ भन्ने अनिश्चयात्मक र भ्रमात्मक कुराहरु गरेर केही प्रसिद्ध व्यक्तिहरु जो वास्तवमा धर्मशास्त्र विषयका सामान्य ज्ञान मात्र राखेका छन् त्यस्ता व्यक्तिलाई उदाहरण र प्रमाणकोरुपमा प्रयोग गर्न १३ दिने क्रिया ठिक छैन भनेर अत्यधिक अनिवार्यता र बाध्यता विपरित सामान्य अवस्थामा पनि ३, ५ या ७ दिने क्रिया गर्न लगाईरहेको व्यहोरा अवगत गराउन चाहन्छौं ।

जसरी जन्मको एउटा निश्चित समय र प्रक्रिया हुन्छ त्यसरि नै जीवले यो शरीर छोडेर परलोकको यात्रामा जाने बेलाको पनि एउटा निश्चित समय र प्रक्रिया हुन्छ । जसरी हामीलाई हतार भयो भन्दैमा गर्भस्थ शिशुलाई


शल्यक्रिया द्वारा समय नआई निकालेमा बच्चा अपाङ्ग, अस्वस्थ र अल्पायु हुन्छ त्यसै गरि जीवात्माको परलोकको यात्रालाई हामीले मनगढन्ते तर्कको आधारमा दुखद बनाउनु पक्कै पनि पितृको लागि घातक नै सिद्ध हुन्छ । घातक र दुर्गति परेका पितृको शुभाशीर्वाद त के प्राप्त होला, अपितु उनिहरुको दुखद अवस्थाले परिवारलाई पनि अवस्य दुःख प्राप्त हुने सम्भावना रहन्छ । यहि शास्त्रीय मर्यादा हो ।

हाल विदेशी संस्थाको अनुदानमा क्रिया छोट्याउने कर्म जो जसले पनि गरिरहेका छन् यदि उनीहरु वास्तवमै शास्त्रीय मर्यादालाई मान्ने हुन्थे र उनिहरु कसैको पनि षडयन्त्रका शिकार हुँदैनथे भने धर्म र धार्मिक कृत्य जस्तो सम्वेदनशील विधिनिषेध कर्म ठीक हो या हैन रु परिमार्जन गर्ने योग्य हो या हैन भनेर नेपालभरि रहेका धर्मशास्त्र विषय लिएर अध्ययन र अनुसन्धान गरिरहेका विशिष्ट विद्वान्हरुको महासम्मेलन गराई शास्त्रीय तर्क र प्रमाणको आधारमा सबैलाई जानकारी गराउन सक्थे ।

तर यसो नगरि आप्mना निकटका केही व्यक्ति जो धर्मशास्त्र विषयको खास अध्ययन नै छैन त्यस्ता व्यक्तिको अनुमोदन गराएर आप्mना पुस्तकलाई प्रमाणित तुल्याउने कार्य गरेकोले नै सिद्ध हुन्छ कि यी र यस्ता समुहहरु हाम्रो नेपालको मौलिकतालाई विधर्मीहरुको योजना अनुरुप नष्ट गर्न कम्मर कसेर लागिरहेका छन् ।

त्यसैले अथक परिश्रमात्मक अध्ययन र प्रयोग गरेर धेरैको जीउ र धनको रक्षा गरि अरुको अपाङ्ग जीवनलाई सर्वाङ्ग तुल्याउन अन्तिम घडी सम्म लागिरहने यस्ता महान् आत्मा स्वर्गीय उपेन्द्र देवकोटाज्युको परलोकको यात्राको शुभारम्भ गर्न पारलौकिक शरीर बन्नमा बाधा नतुल्याई जे जस्तो पारम्परिकरुपमा १३ दिने अन्त्येष्टि कर्म गरिदै आएको छ त्यहि तरिकाले नै गर्न हुन परिवार आफन्त तथा नातागोता एवं सहृदयी सज्जनहरुलाई विनम्र अनुरोध गर्दछौं ।

ध्यातव्य– जो जसले जतिदिनमा क्रिया सिद्ध्याएपनि विज्ञप्ति कै रुपमा सातदिनमा नै क्रिया सक्ने भन्ने कुरा बाहिर आउनु धार्मिक परम्परालाई नै चुनौति दिए जस्तो बुझिन्छ । यो अत्यन्त दुखद पक्ष हो । यदि हामी सनातनधर्मलाई मान्छौं भने सो अनुरुप कार्य गर्नु  र गराउनु हामी सबैको दायित्व हो । धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः ।

नोट – यस विषयमा कुनै जिज्ञासा भएमा हिन्दू जागरण नेपालका विशिष्ट सल्लाहकार तथा सनातन विद्वत् परिषद् नेपालका धर्मशास्त्र विभागका प्राध्यापक गुरु श्री देवमणि भट्टराई, नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा।रामचन्द्र गौतम, प्रा।डा।दीर्घराज घिमिरे, प्रा। श्री श्रीकृष्ण अधिकारी, प्रा।डा। श्री साम्बराज आचार्य, प्रा।डा। श्री ऋषिराम पोखरेल, प्रा।डा। श्री शिवराज आचार्य, प्रा।डा। श्री मंगलदास प्रधानाङ्ग, प्रा।डा।श्री माधव भट्टराई, प्रा। श्री विदुर प्र। पौडेल, सह प्रा। श्री माधव पाण्डे आदि गुरुहरु संग प्रत्यक्ष सोध्न सक्नुहुनेछ ।

स्वर्गीय देवकोटाज्यु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा धैर्यधारण गर्ने क्षमता भगवानले प्रदान् गरुन्


रामकृष्ण उपाध्याय
     अध्यक्ष


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan