Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्वाचन मिति तोक्ने अधिकार आयोगमा हुनुपर्ने माग

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ७ बिहिबार |
newsabhiyan

विराटनगर, ७ असार (रासस) : निर्वाचन आयोगले आगामी दिनमा निर्वाचनको मिति तोक्ने अधिकार आफूलाई दिनुपर्ने माग गरेको छ ।

यहाँ आज आयोजित प्रदेश नं १ को निर्वाचन समीक्षा कार्यक्रममा निर्वाचन आयुक्त नरेन्द्र दाहालले अगामी वर्षमा हुने निर्वाचनलाई स्वतन्त्र, मितव्ययी, निष्पक्ष, भयरहित, स्वतन्त्र एवं पारदर्शी बनाउन सहभागीको अमूल्य सुझावले आयोगको काममा बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


निर्वाचनको पूर्वतयारी, निर्वाचन मिति, निर्वाचनसम्बन्धी कानूनी व्यवस्था र कानुनको तर्जुमा, मतदाता नामावली र मतदाता परिचयपत्र, राजनीतिक दल दर्ता, मतदान केन्द्रको पुनरवलोकन, निर्वाचन कार्यक्रम सञ्चालन, निर्वाचन प्रचारप्रसार, आचारसंहिता अनुगमन, जनशक्ति व्यवस्थापन, मतपत्र व्यवस्थापन, निर्वाचन सामग्रीजस्ता निर्वाचनमा आवश्यक पर्ने पृष्ठभूमिमा रहेर सहभागीले आ–आफ्ना लिखित सुझाव दिए ।

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत झापाका जिल्ला न्यायाधीश खिलानाथ रेग्मी, निर्वाचन क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललगायत सबै अधिकृत र अधिकारीलाई प्रशंसापत्र वितरण गरिएको थियो । दुईदिने सो कार्यक्रममा प्रदेश नं १ का प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश, जिल्ला निर्वाचन अधिकारी, सुरक्षा निकायका प्रमुख, निर्वाचन पर्यवेक्षण संस्थाका प्रमुख एवं प्रतिनिधि र सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan