Thursday 20th of September | २०७५ असोज ४ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मालपोत कर्मचारीले १२ बिघा सार्वजनिक जग्गा झ्वाम्म पारे

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ८ शुक्रबार |
newsabhiyan
newsabhiyan

वीरगंज, ८ असार ।    मालपोत कार्यालय, पर्साले तत्कालीन पिडारीगुठी गाविसमा रहेको १२ बिघा सार्वजनिक जग्गा अरूलाई बिक्री गरेको तथ्य सार्वजनिक भएको छ।

    मालपोत, नापी तथा तत्कालीन गाविस सचिवले मिलेमतो गरी फर्जी कागजातको आधारमा सो गाउँमा रहेको किनं. ९७ को १२ बिघा १५ कठ्ठा जग्गा सोही गाउँ निवासी केशराज थारूलगायत चारजनाको नाममा बिक्री गरेको पाइएको छ।

    स्थानीयले पत्रकार सम्मेलन गरी भूmटो विवरणको आधारमा ओरिया खोलाको बगर अरूको नाममा २०७३/१/७ गते नामसारी भएको जानकारी गराएका थिए।

 २०२१ सालमा सो जग्गा नदी रहेको फिल्डबूकको नक्शामा देखाइएको छ तर सो जग्गा आफ्ना ससुरा, बाजेको नाममा रहेको भन्ने जालसाजी मुचुल्का सिफारिस गराई नामसारी गराइएको छ। नामसारीको दुई महिनापछि सो जग्गा दृष्टिबन्धक राखी सुनैन मियाँसँग रु ४० लाख कर्जासमेत  लिएको प्रमाण फेला परेको छ।

    तत्कालीन मालपोत कार्यालय प्रमुख प्रकाश पोखरेल, चन्द्र भण्डारी, नापीका छेदीलाल यादवले छुट जग्गा नामसारी गर्न स्थलगत निरीक्षण गरी थारूको नाममा भोगचलन गरेको प्रतिवेदन पेश गरेको आधारमा जग्गा पास गरेको प्रमाण छ।

    वीरगंजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराउँदै स्थानीयहरूले तत्कालीन गाविस सचिव र हाल धोबिनी गापा उपाध्यक्ष पारसनाथप्रसाद कुर्मीले पनि सो जग्गा थारूको रहेको प्रतिवेदन पेश गरेको देखिन्छ। २०२१ सालमा सो जग्गा सार्वजनिक रहेको तर थारूले आफ्ना बुबा हीरादास थारूको नाममा सो जग्गा रहेको र सो छुटेको जग्गा आप्mनो नाममा दर्ता गरी निवेदन दिएको देखिन्छ।

 २०६४ सालमा बुबा हीरादास मरेपछि छोरा केशराजले ४२ वर्षपछि आप्mनो नाममा सो जग्गा गराएको देखिन्छ। तर नियम अनुसार नापीमा छुटेको जग्गा दुई वर्षभित्र नामसारी गराउनुपर्ने प्रावधान छ।        

कर्मचारी तथा थारू मिली सो जग्गा आआप्mनो नाममा भागबन्डा गरेको पाइएको छ। सोही अनुरूप ४० लाखमा सो जग्गा दृष्टिबन्धक भएको र सो जग्गाविरुद्ध हिजो पर्सा अदालतमा मुद्दा समेत दर्ता भएको पत्रकार सम्मेलनमा उनीहरूले जानकारी गराएका थिए।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan