Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नायिका स्वेता खड्काले रवि लामिछानेलाई खुल्ला मञ्चमा ल्याएर फाँसी दिन सरकारसंग अपिल गरेको समाचार भाईरल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ९ शनिबार | सागर श्रेष्ठ
newsabhiyan
newsabhiyan

न्यूज अभियान, असार ९, काठमाडौं । पछिल्लो समयमा मिडियामा भारईरल बनेको समाचार भनेको रवि लामिछानेसंग जोडिएको समाचार हो ।


सर्वसाधारणबाट साथ पाएको सिधा कुरा जनता संग कार्यक्रमको प्रस्तोता रवि लामिछानेलाई सर्बसाधारणले मात्र होईन अब केही भ्रस्टाचारी, घुसखोरी दलाल, आदी बाहेकले सामाजिक सञ्जाल मार्फत साथ दिएका छन ।


पछिल्लो समयमा स्व. श्रीकृष्ण श्रेष्ठको पत्नी स्वेता खड्काले रवि लामिछानेको बारेमा लेखेको स्टाटस भाईरल बनेको छ ।


हेर्नुहोस उहाँले आफ्नो स्टाटसमा लेखेको उहाँको विचार जस्ताको तस्तै ...

Shweta Khadka
"सरकार, रबी लामिछानेलाई खुल्ला मन्चमा ल्याएर फाँसी दिईओस"

अमेरिकन पासपोर्टधारी भनिएका रबी लामिछाने यतीखेर सामाजिक संजालमा बहसको एउटा पात्र बनेका छन । उनको बिपक्षमा भन्दा पनि पक्षमा बोल्नेहरुको जमातनै धेरै देखिन्छ । म पनि उनको पक्षमा भन्दा पनि बिपक्षमा बोल्नेहरुको सानो जमातसंगै लोलीमा लोली मिलाउँदै आफ्ना केही ब्यक्तिगत धारणाहरु प्रस्तुत गर्ने जमर्कोमा छु ।
फेसबुकको भित्तोमा लाइभ कार्यक्रम मार्फत आम-जनतासंग जोडीएर समसामयीक बिसयको बारेमा जानकारी दिने बहानामा 'हिरोइज्म' प्रदर्शन गरिरहेका र न्युज २४ मार्फत 'जनतासंग सिधा कुरा' नामक कार्यक्रम मार्फत टेलिभिजन कार्यक्रम समेत चलाऊंदै गैर्‍हकानुनी पत्रकारिता गरिरहेका रबी लामिछानेलाई शायदै नचिन्ने, नसुन्ने र र नदेख्ने कमै होलान ।

शायद देशका प्रधानमन्त्री को नाम नसुन्ने धेरै भेटिएलान तर रबी लामिछानेको नाम नसुन्ने बिरलै पाइएलान । अत: अमेरिकी पासपोर्टधारी भनिएका यी रबी लामीछानेलाई यत्तिखेर कानुनी संकटले घेर्न थालेको छ । प्रेस पास समेत नलिई नातेदार भिषामा नेपाल छिरेका रबी लामिछाने, सम्भवत देशबाटै लखेटिने अवस्थामा पुगेका छन वा पुग्न लागेका छन ।


म उनलाई देशबाट लखेट्ने पक्षको घनघोर बिरोध गर्छु, किनकी उनले गैर्‍हकानुनी रुपमा हाम्रो देशमा छिरेर उदण्ड मच्चाएका छन । धेरै जना नेपालीहरुको भोक,प्यास र निन्द्रा खल्बल्याएका छन । अनी हाम्रो शान्ती, अमन र चयनमा खलल पुर्‍याएका छन ।

त्यसैले म त उनलाई देश निकाला गर्नु भन्दा पनि फाँसीनै दिनु पर्छ भन्ने मन्यता राख्दछु र सरकार समक्ष रबी लामिछानेलाई खुल्ला मन्चमा ल्याएर हामी आमजनताको सामु खुल्लेयाम फाँसी दिन हुन जोडदार माग गर्दछु । मेरो यो माग जायज हो कि होइन त्यो त मलाई थाहा छैन तर निज रबी लामिछानेले गरेका गैर्‍ह कानुनी कार्यको फेहरिस्त हेर्ने हो भने मलाई लाग्छ उनलाई फाँसी को सँजाय पनि कमनै हुन्छ कि ? किनकी यिनले गर्नै नहुने धेरै कार्यहरु गरेका छन ।


रबी लामिछानेले अहिलेसम्म जे जे गरे ति सबै कृयाकलापहरु समाज विरोधी छन । जुन देशको महान संस्कारनै 'भ्रस्टाचार' हो, त्यही संस्कारलाई भात्काउन खोज्ने रबी लामिछाने 'महापापी' हुन ।

जुन देश 'अनियमितता' को श्रीङ्गारमा आफ्नो खोक्रो सुन्दरता देखाई रहेको हुन्छ त्यही श्रीङ्गारलाई लत्पत्याएर कुरुप बनाउन खोज्ने रबी लामिछाने एक 'अपराधी' हुन । मानव बेचबिखनलाई आफ्नो पेशा बनाएर जसोतसो जीवन यापन गरिरहेका मेहनती तस्करिहरुको पेशानै धरापमा पार्न खोज्ने रबी लामिछाने 'शोषकी' हुन । बिदेशमा बेचिन पुगेका नेपाली चेलीहरुको आँशुलाई टेलीभिजनको पर्दामा देखाएर उनिहरुको उद्दार गर्नखोज्ने रबी लामिछाने 'प्रेश पास' समेत नलिने 'पित पत्रकार' हुन ।

आर्काको घरमा पसेर ' घरेलु हिंशा'को खोजखबर लिने अधिकार उनलाई कस्ले दियो ? बिना स्विक्रिती सरकारी कार्यालयहरुमा प्रवेश गरेर घुम्ने मेच माथि मस्त निदाई रहेका हाकिमहरुको निद्रा खल्बल्याउने रबी लामिछाने 'मानव अधिकार' बिरोधी हुन । देशको सिमानामा पुगेर हराएका र चोरि भएका स्थम्भहरु खोज्ने रबी लामिछाने ' देश द्रोही' हुन । उनी असामाजिक तत्व हुन, जस्ले अन्याय र अत्याचार सहेर मौन बसेको हाम्रो समाजमा आफ्ना 'कटु' शब्दहरु मार्फत होहल्ला मच्चाई रहेका छन ।


यिनी किन देश फिरे र किन हाम्रो भिडमा छिरे ? यिनलाई किन अमेरिकाको स्वच्छ हावा नपचेको र यहाँ को प्रदुशित हावामा श्वास लिन आएको ? यिनी अत्याधुनिक टेक्नोलोजीको सहज जीवन छोडेर किन हाम्रो परम्परागत कठिन दैनिकीलाई आत्मसाथ गर्न आईपुगे ? किन ?


यिनी कि त मुर्ख हुन कि त पागल । शायद यिनलाई थाहा छैन , यो देशमा गर्ने भन्दा बोल्ने अनी बोल्ने भन्दा मौन बस्नेलाई पुजिन्छ । यहाँ, जस्ले सामाजिक बिकासको पाइला चाल्छ उस्ले हजार पटक लड्नु पर्छ र चोटै चोट खाएर बिच बाटो रोक्किनु पर्छ । यिनले सुन्तली धुर्मुस र मेनुका थापाहरुको भोगाईहरुबाट सिक्नु पर्ने हो , सिकेनछन । हाम्रो समाजमा स्वच्छ छबीका मान्छेहरु सुहाँउदैनन ।

हामीलाई रबी लामिछाने, सुन्तली धुर्मुस, मेनुका थापा र अनुराधा कोइरालाहरु चाहिदैनन । हामी हाम्रै हालतमा ठीक छौ, खुशी र सुखी छौ । त्यसैले हाम्रो सुख र खुशीमाथी धावा बोल्ने अधिकार रबी लामिछानेहरुलाई कस्ले दियो ? त्यसैले म सरकार समक्ष रबी लामिछाने लाई खुल्ला मन्चमा ल्याइयोस र हामी आमजनताहरुको अगाडि खुल्लेयाम फाँसी दिईयोस भन्ने आग्रह गर्न चाहन्छु ।

जुनबेला रबी लामिछाने फाँसिको सुलीमा झुण्डीएका हुनेछन त्यत्तीबेला हामी सरकारको पक्षमा तालीको गडगडाहटले राजाधानीलाई गुन्जायमान बनाउँदै 'सतीले सरापेको देश' भन्ने कथनलाई सार्थक बनाइदिने छौ ।
जय होस् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan