Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पेरुको हरेक गोलमा नाङ्गिने यी युवतीको नालीबेली तस्विर सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ९ शनिबार |
newsabhiyan
newsabhiyan

पेरुको हरेक गोलमा नाङ्गिने पेरु टिमकी ‘गर्लफ्रेण्ड’ निसुको चर्चा निकै बढेको छ ।
रुस विश्वकप हेर्न संसारभरीबाट लाखौं फ्यान रुस पुगेका छन् ।

आफ्नो टिमलाई समर्थन गर्ने करोडौं फ्यान संसारभरी छन् । तर यीमध्ये निकै अलग छिन् पेरुकी फ्यान निसु काउटी । पेरु टिमकै ‘गर्लफ्रेण्ड’ भनिने निसु अहिले रुस पुगिसकेकी छिन् ।

संसारभरीका फ्यानले ताली बजाएर, हुटिङ गरेर टिमलाई समर्थन गरिरहँदा उनको समर्थन गर्ने शैली अर्कै छ । उनले आफ्नो टिमले गर्ने हरेक गोलमा आफ्नो कपडा खोल्नेछिन् । उनले पेरुको प्रत्येक गोलमा टपलेस हुने घोषणा गरेकी छिन् । निसु तीन वर्षअघि चर्चामा आएकी हुन् जतिबेला पेरु चिलीमा भएको कोपा अमेरिकामा तेस्रो स्थानसम्म पुगेको थियो ।

अहिले रुसमा भइरहेको विश्वकपमा उनको सुपरफ्यान स्टाइल स्टेडियममा देखिएसँगै क्यामेरा उनीमाथि नै केन्द्रित भइरहेका थिए । तर, अ‍ेलभरी उनलाई क्यामेराले पच्छ्याइरहे । अब आउँदो बिहीबार पेरु फ्रान्ससँग भिड्दैछ । जून २६ मंगलबाट पेरु अस्ट्रेलियाविरुद्ध उत्रनेछ ।

यी दुवै खेलमा क्यामेराले निसुलाई पच्छ्याउने निश्चित छ । निसुले यसअघि पनि कपडा खोलिसकेकी छिन् । भेनेजुएलाविरुद्धको विश्वकप छनोटमा उनले न्यूड पोज दिएर चर्चामा आएकी थिइन् ।

एजेन्सी। 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan